7 Nepali -- विरहिणी दमयन्ती

आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा विरहिणी दमयन्ती कथाका आधारमा पुष्टि गर्नुहोस्‌ । उत्तरः   सङ्घर्ष र जीवन अनि जीवन र सङ्घर्षबीच अभेद सम्बन्ध छ । सङ्कल्प पूरा गर्न चाहने प्रत्येक प्राणीले सङ्घर्ष गर्न तयार हुनुपर्छ । दमयन्तीले दृढ सङ्कल...

आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा विरहिणी दमयन्ती कथाका आधारमा पुष्टि गर्नुहोस्‌ ।

उत्तरः   सङ्घर्ष र जीवन अनि जीवन र सङ्घर्षबीच अभेद सम्बन्ध छ । सङ्कल्प पूरा गर्न चाहने प्रत्येक प्राणीले सङ्घर्ष गर्न तयार हुनुपर्छ । दमयन्तीले दृढ सङ्कल्प पूरा गान कठार भन्दा कठोर सङ्घर्षको सामना गर्न तयार हुनु निश्चय नै असाधारण कुरा हो । दरबारका यावत् सुखसयल त्यागेर नलको खोजीमा लागेकी साथै सबै प्रकारका जङ्गली वितण्डाहरूको सामना गरेकीले इच्छा पूरा गर्ने एउटै मात्र माध्यम सङ्घर्ष नै हो भन्ने कुरा पुष्टि हुन्छ। सङ्कल्प र सङ्घर्षलाई अन्योन्याश्रित मानिन्छ । यिनीहरू एक-अर्काका पुरक हुन्‌ । सङ्घर्ष त्यस बेलासम्म जारी रहन्छ, जुन बेलासम्म लक्ष्य भेटिदैन । यसर्थ लक्ष्य प्राप्तिका लागि सङ्घर्ष गरिने भएकाले अपेक्षित सफलता प्राप्त नहुञ्जेलसम्म सङ्घर्ष चलिरहन्छ। वैयक्तिक आवश्यकता वा इच्छा पूरा गर्न दमयन्तीले सङ्घर्ष गरेकी छ । तर यस्ता सङ्घर्षको सार्वजनिक महत्त्व पनि हुने गर्छ ।

More questions on विरहिणी दमयन्ती

Close Open App