'नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन्' यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस्।
उत्तरः नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन्। संसारका आकाश खस्ने वा धर्ती भासिने जुनसुकै दुःखहरुको सामना गर्न नारीहरू अग्रसर छन् । जीवनका सङ्घर्षशील र प्रेमपूर्ण जीवनको अभ्यास गर्न नारीहरू सक्षम छन् |रानी बन्न, दासी बन्न, पतिका लागि समर्पण गर्न, अप्ठ्याराहरूलाई सामना गर्न कठिनाइ छैन । दमयन्तीले नललाई प्राप्त गर्नका लागि गरेको दुर्गम निर्णय, जङगलको यात्रा, कर्कोटक अन्य पुरुषहरूसँग बच्न गरेको प्रयास, हात्तीको आक्रमणाट बच्न रुखमा चढेको प्रसङ्ग, चेदी जनपदमा पुगेर नललाई खोज्ने प्रयास स्वरूप सैरन्ध्रीका रूपमा ठुलीआमा सुनन्दालाई झुक्याएर जीवन निर्वाह गरेको प्रसङ्ग कम मार्मिक छैन। जीवनमा प्राप्तिका लागि सङ्घर्ष अनिवार्य छ। जतिसुकै सङ्कटका घढीमा पनि प्रेम सदाबहाररूपमा अघि बढिरहन्छ । संयोग र वियोग दुवैमा प्रेमको परिचय यथावत रूपमा रहिरहन्छ । प्रेम अमूल्य छ एवम् अमूल्य प्रेमलाई सदैव जीवन्त राख्न सङ्घर्ष आवश्यक छ भन्ने गतिलो उदाहरण दमसन्तीले प्रस्तुत गरेकी छ। नारीहरूको अदम्य साहस, प्रेमप्रतिको निष्ठा, समर्पण भाव र कल्याणकारी जीवनदृष्टि आफैँमा प्रशंसायोग्य छन् । जीवनमा वसन्त मात्र छैन शिशिर र पनि छ भन्ने कुरा कथाका घटनाक्रमहरूले पुष्टि गरेका छन् । नारीमा जस्तो दृढ च्छाशक्ति अरू कसैमा विरलै हुन्छ । दमयन्तीले नललाई खोज्नका लागि गरेको प्रेमपूर्ण र सङ्घर्षशील यात्रा आफैमा गरिमामय छ तथा नारीहरू प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन् भन्ने तर्कलाई तथ्यका आधारमा पुष्टि गर्न थप उदाहरण खोज्नु पर्दैन ।