7 Nepali -- विरहिणी दमयन्ती

दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि कुन कुन उपाय अवलम्बन गरेकी छन्‌ ? उत्तरः   दमयन्ती समस्या सिर्जना गर्नेभन्दा समस्याको बुद्धिमत्तापूर्ण ढङ्गले समाधान खोज्न उद्यत नारी हो । मौलिक परिचय लुकाउन कपाल नमिलाउने, हिलोमैलोले शरीर र अनुहार विरुप बनाउने सचेत प्रयास उसले गरेकी...

दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि कुन कुन उपाय अवलम्बन गरेकी छन्‌ ?

उत्तरः   दमयन्ती समस्या सिर्जना गर्नेभन्दा समस्याको बुद्धिमत्तापूर्ण ढङ्गले समाधान खोज्न उद्यत नारी हो । मौलिक परिचय लुकाउन कपाल नमिलाउने, हिलोमैलोले शरीर र अनुहार विरुप बनाउने सचेत प्रयास उसले गरेकी छ । नागयुवकको वत्रदृष्टि वा कामुकतालाई सहजरूपमा समाधान गरी भाग्न सफल दमयन्ती सुझबुझको प्रतीक हो । प्रत्येक घटना-प्रतिघटनासँ जुध्न उसले भरमग्दुर प्रयास गरेकी छ । जङ्गली भीमकाय हात्तीहरूको आक्रमणबाट जोगिन केही साथीहरूका साथ रूखमा चढेको प्रसङ्ग मननीय छ । अर्की महिलासँगै चेदी जनपद पुगेर अभिष्ट लक्ष्य पूरा गर्न सैरन्द्रीका रूपमा ठुलीआमाका पचिरय ,नदिई बस्न तयार दमयन्ती प्रत्येक समस्याको समाधान सम्भव छ भन्ने कुराको उत्तम उदाहरण हो।


More questions on विरहिणी दमयन्ती

Close Open App