or

26 Nepali -- लौ आयो ताजा खबर

 दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन ।

 दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन ।

प्रस्तुत नाट्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गतपर्ने 'लौ आयो ताजा खबर' नामक लघु नाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेन्द्र नकर्मी हुन् । दुर्व्यसन परिवार, समाज र राष्ट्रकै लागि घातक हुन्छ यसप्रति सबै सचेत हुनुपर्छ भन्ने आशयलाई यस नाटकमा प्रस्तुत गरिएको छ। दुर्व्यसनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै हानी गर्दछ । दुर्व्यसनलाई समाजबाट हटाउन एउटा व्यक्ति वा परिवार लागेर मात्र हुँदैन । यसको जगलाई उखेल्न हामी सबै लाग्न जरुरी छ । यो राज्यको सबैभन्दा ठूलो चुनौती हो । यसको नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका परिवार वा अभिभावकको हुन्छ । आफ्नो सन्तानको इच्छा, चाहाना, आवश्यकता के छन् त्यसको ख्याल गरी उनीहरूको व्यवहारको अध्ययन अभिभावकले गर्नुपर्छ । आफ्ना सन्तानका साथीभाइ कस्ता छन् उनीहरू के खान्छन् कसरी जीवन चलाइरहेका छन् सोको बारेमा जान्न जरुरी छ । आफ्ना सन्तान दुर्व्यसनमा लागेको थाहा पाएमा उसलाई सम्झाइ वुझाई सुधार केन्द्रमा लगेर उपचार समेत गर्नुपर्छ । यदि दुर्व्यसनको जगलाई उखेल्ने हो भने सबै मिलेर त्यस्ता पसलहरू बन्द गर्नु पर्छ । जहाँ त्यस्ता लागूऔषधि प्राप्त हुन्छन् । हामी समाजका सवै व्यक्ति, प्रशासन, राज्य कानुन सम्मत तरिकाले लाग्ने हो भने यसलाई जरैदेखि उखेलेर फाल्न सक्छौं भन्ने भावलाई यस अंशमा व्यक्त गरिएको छ ।

More questions on लौ आयो ताजा खबर

जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ ।

परसतुत नाटयांश ककषा को अनिवारय नेपाली पाठयपुसतक अनतरगत परने 'लौ आयो ताजा खबर' लघुनाटकबाट साभार गरिएको हो । यस लघुनाटकका लेखक सुरेनदर नकरमी हुन । अब देशका युवा पुसता राषटरनिरमाणमा लागनु परछ, दुरवयसनलाई सबले तयागनुपरछ भनने आशयलाई यस नाटकले वयकत गरेको छ । हामरो देशमा युवाको खाँचो छैन । युवा पुसता भनेको राषटरको खमबा हो । यो सदा सवसथ, शिकषित र उरजाशील हुन जरुरी छ । युवा शकति कमजोर भएमा देश नै सङकटमा परछ । एउटा युवा कुलतमा फसयो भने देशले ठूलो घाटा वयहोरनु परछ । अब...

"हावाको प्रभाव बिना पानी चुहिँदैन" भनने कुरा पर्मानित गरेको कार्यक्रम को बारेमा परतिवेदन लेख्नु होस्।

सगरमाथा कलेजका विदयारथीहरूदवारा हावाको परभाव बिना पानी चुहिँदैन भनने कुरा परमाणित गरेर देखाइयो । उकत कलेजको परयोग शालामा समपनन कारयकरमका लागि सरवपरथम मुखतिर पवालैपवाल पारिएको टिनको बटटा र पानी लयायो। पछाडिपटटि चाहिँ एउटा मातर पवाल पारिएको टिनको बटटा र पानी लयायो। सबैभनदा पहिला उकत टिनको बटटाको पछाडिपटटिको पवाललाई औंलाले थुनियो र तयस बटटाभरि पानी भरियो । तयसपछि बटटालाई घोपटो पारेर हातले पछाडिको पवाल नखोली माथि उठाइयो तर तयहाँ पानी चुहिएन । जब औलाले बनद गरेको...

Close Open App