or

26 Nepali -- लौ आयो ताजा खबर

"हावाको प्रभाव बिना पानी चुहिँदैन" भनने कुरा पर्मानित गरेको कार्यक्रम को बारेमा परतिवेदन लेख्नु होस्।

"हावाको प्रभाव बिना पानी चुहिँदैन" भनने कुरा पर्मानित गरेको कार्यक्रम को बारेमा परतिवेदन लेख्नु होस्।

सगरमाथा कलेजका विद्यार्थीहरूद्वारा हावाको प्रभाव बिना पानी चुहिँदैन भन्ने कुरा प्रमाणित गरेर देखाइयो । उक्त कलेजको प्रयोग शालामा सम्पन्न कार्यक्रमका लागि सर्वप्रथम मुखतिर प्वालैप्वाल पारिएको टिनको बट्टा र पानी ल्यायो। पछाडिपट्टि चाहिँ एउटा मात्र प्वाल पारिएको टिनको बट्टा र पानी ल्यायो। सबैभन्दा पहिला उक्त टिनको बट्टाको पछाडिपट्टिको प्वाललाई औंलाले थुनियो र त्यस बट्टाभरि पानी भरियो । त्यसपछि बट्टालाई घोप्टो पारेर हातले पछाडिको प्वाल नखोली माथि उठाइयो तर त्यहाँ पानी चुहिएन । जब औलाले बन्द गरेको पछाडिपट्टिको प्वाल बिस्तारै खोल्न थालियो, तब भित्रको पानी पनि बिस्तारै चुहिन थाल्यो। औंलाले उक्त प्वाल पूरै खोलि दिन बिर्कोपछि भएका सबै प्वालहरूबाट पानी बिना रुकावट हिर झर्न थाल्यो । त्यसपछि बट्टापछाडिको प्वाल खोल्ने र बन्द गर्ने काम दुई तीन पटक भयो तर पानीको पनि पछाडिको प्वाल खोल्दा झर्ने र बन्द गर्दा रोकिने क्रम चलिरह्यो। यसरी धेरै पटक यो प्रयोग गरेपछि सबैलाई हावाको प्रभाव बिना पानी चुहिन सक्दैन भन्ने ज्ञान भयो र यस कुराको पनि ज्ञान भयो कि कुनै पनि कार्य एक्लै सम्पन्न हुँदैन, त्यहाँ प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव अर्का वस्तुको पनि परेकै हुन्छ।

मिति :२०७७ -८-१२ गते शुक्रबार
प्रतिवेदक




More questions on लौ आयो ताजा खबर

जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ ।

परसतुत नाटयांश ककषा को अनिवारय नेपाली पाठयपुसतक अनतरगत परने 'लौ आयो ताजा खबर' लघुनाटकबाट साभार गरिएको हो । यस लघुनाटकका लेखक सुरेनदर नकरमी हुन । अब देशका युवा पुसता राषटरनिरमाणमा लागनु परछ, दुरवयसनलाई सबले तयागनुपरछ भनने आशयलाई यस नाटकले वयकत गरेको छ । हामरो देशमा युवाको खाँचो छैन । युवा पुसता भनेको राषटरको खमबा हो । यो सदा सवसथ, शिकषित र उरजाशील हुन जरुरी छ । युवा शकति कमजोर भएमा देश नै सङकटमा परछ । एउटा युवा कुलतमा फसयो भने देशले ठूलो घाटा वयहोरनु परछ । अब...

Close Open App