or

26 Nepali -- लौ आयो ताजा खबर

राजमार्गमा भएको कुनै एक बस दुर्घटनाको प्रतिवेदन लेख्नुहोस् ।

राजमार्गमा भएको कुनै एक बस दुर्घटनाको प्रतिवेदन लेख्नुहोस् ।



बस दुर्घटना सवारी दुर्घटनाको प्रतिवेदन धादिङ जिल्लाको सिम्ले नजिकै आज बिहान ८ बजेतिर काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको बा २ ख ८८८८ नम्बरको बस र पाल्पाबाट काठमाडौँतर्फ गइरहेको लु २ ख ७७७७ नम्बर को ट्रक एक आपसमा ठक्कर खाँदा बस पल्टिएर दुर्घटनाग्रस्त भएको छ । ट्रकको अघिल्लो भाग पूरै किचिएको छ । चालक घनबहादुरको अनुहार रगतै रगत भएको तथा उनको खुट्टामा गम्भीर चोट लागेको छ भने उनको एउटा हात पूरै भाँचिएको पाइयो । ट्रकका खलासी श्यामबहादुर नगर्ची पछाडि बसेकाले सकुशल रहे । बाटामा फुटेका सिसाका टुक्रा,सामान र रगतका टाटाहरू देखिन्थे । पल्टेको बसका चालक र खलासी लगायत १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने मृतकमध्ये ७ जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन । २३ जना घाइते यात्रुहरूलाई काठमाडौँको वीर अस्पतालमा लगिएको कुरा घटनाका प्रत्यक्षदर्शी भरत शर्माले बताउँछन् । मेरो निरीक्षणमा टुक्रा टुक्रा भएको बसभित्र रहेका सम्पूर्ण लास बाटोसम्म निकालिएको छ । ट्रक चालकले आफ्नो दिशाबाट गाडी नचलाई अर्को दिशामा लगेकोले दुर्घटना भएको देखिन्छ भने चालकले मादक पदार्थ सेवन गरे नगरेको यकिन भएको छैन । यस घटनाबारे विस्तृत अनुसन्धानका लागि थप उपकरण र विशेषज्ञ आवश्यक पर्ने देखिन्छ ।

मितिः २०७७-८-१२
प्रतिवेदक




More questions on लौ आयो ताजा खबर

जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ ।

परसतुत नाटयांश ककषा को अनिवारय नेपाली पाठयपुसतक अनतरगत परने 'लौ आयो ताजा खबर' लघुनाटकबाट साभार गरिएको हो । यस लघुनाटकका लेखक सुरेनदर नकरमी हुन । अब देशका युवा पुसता राषटरनिरमाणमा लागनु परछ, दुरवयसनलाई सबले तयागनुपरछ भनने आशयलाई यस नाटकले वयकत गरेको छ । हामरो देशमा युवाको खाँचो छैन । युवा पुसता भनेको राषटरको खमबा हो । यो सदा सवसथ, शिकषित र उरजाशील हुन जरुरी छ । युवा शकति कमजोर भएमा देश नै सङकटमा परछ । एउटा युवा कुलतमा फसयो भने देशले ठूलो घाटा वयहोरनु परछ । अब...

"हावाको प्रभाव बिना पानी चुहिँदैन" भनने कुरा पर्मानित गरेको कार्यक्रम को बारेमा परतिवेदन लेख्नु होस्।

सगरमाथा कलेजका विदयारथीहरूदवारा हावाको परभाव बिना पानी चुहिँदैन भनने कुरा परमाणित गरेर देखाइयो । उकत कलेजको परयोग शालामा समपनन कारयकरमका लागि सरवपरथम मुखतिर पवालैपवाल पारिएको टिनको बटटा र पानी लयायो। पछाडिपटटि चाहिँ एउटा मातर पवाल पारिएको टिनको बटटा र पानी लयायो। सबैभनदा पहिला उकत टिनको बटटाको पछाडिपटटिको पवाललाई औंलाले थुनियो र तयस बटटाभरि पानी भरियो । तयसपछि बटटालाई घोपटो पारेर हातले पछाडिको पवाल नखोली माथि उठाइयो तर तयहाँ पानी चुहिएन । जब औलाले बनद गरेको...

Close Open App