कवितामा 'आमा' र 'छोरा' के केका प्रतीकका रूपमा प्रयोग गरिएका छन्, छलफल गर्नुहोस् ।
उत्तरः कवितामा आमा नेपाल देश र छोरा नेपाली नागरिकको प्रतीकका रूपमा प्रस्तुत भएका छन् । राणा शासनको जन्जिरमा बाँधिएको नेपाल आमा र तत्कालीन शासन विरुद्ध क्रान्तिको शङ्खघोष गर्ने नेपाली नागरिकहरू कवितामा मूल प्रतीक हुन्।