‘वीर पुर्खा’ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नको उत्तर दिनुहोस् ः
(क) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?
चन्द्रसूर्य ध्वजामा नेपालको अखण्डता र अमरताको प्रतिक अंकित छ। जबसम्म संसारमा चन्द्र र सूर्यको अस्तित्व छ, तबसम्म नेपाल अमर रहनेछ, र यसको अमरताको निम्ति नेपाली सबै तयार छन् भन्ने कुरा नेपालको ध्वजामा चित्रण गरिएको छ।