प्रतिवेदन लेखन
प्रतिवेदन लेखन↪ कुनै पनि विषय वा घटनाको विस्तृत अध्ययन र सोधखोजपछि तयार पारिने विवरणलाई प्रतिवेदन भनिन्छ । प्रतिवेदन जुनसुकै उल्लेखनीय घटना पनि लेख्न सकिन्छ र यो कुनै गोष्ठी वा सभामा विशिष्ट व्यक्त...
प्रतिवेदन नमुना ४
शैक्षिक भ्रमणको प्रतिवेदनको पत्र शैली
श्रीमान् प्राचार्यज्यू,
सगरमाथा, क्याम्पस, पोखरा ।
२०७७ मङ्सिर १० गते माध्यमिक तह कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई भारतको राजधानी नयाँ दिल्ली भ्रमण लैजाने आयोजना गरिएको थियो। यसरी भ्रमणमा विद्यार्थीहरूलाई लैजानुको मुख्य उद्देश्य पुस्तकको ज्ञानका साथै व्यावहारिक ज्ञान दिनु हो । कलेजका उपप्राचार्य मुकुन्दराज आचार्यको नेतृत्वमा लगिएको उक्त भ्रमणमा ६ जना प्राध्यापकहरू, ५० जना छात्र र ४० जना छात्रा गरी ९६ जना सहभागी थिए । ९० जना विद्यार्थी र ६ जना प्राध्यापकहरूको समूहले पाँच दिनसम्म नयाँ दिल्लीमा अवस्थित ऐतिहासिक, धार्मिक, औद्योगिक स्थलहरूको अवलोकन गरी बृहत् अनुभव र ज्ञानराशि बटुलेको थियो। मङ्सिर १० गते बिहान ९ बजे विद्यार्थीहरू चढेको बस क्याम्पसबाट छुटेको थियो । पहिलो दिन राति लखनऊमा गएर बास बसी बिहानै सूर्य नउदाउदै दिल्लीतर्फ प्रस्थान गयौँ । दिउँसो ३ बजे दिल्ली पुगी खाजा ‘खाएर महात्मा गान्धीको समाधि राखिएको राजघाटमा पुगियो। त्यहाँ गएर महात्मा गान्धी, राजीव गान्धी, इन्दिरा गान्धीका सालिकहरूको अवलोकन गौँ । अर्को दिन हामीले दिल्लीको ऐतिहासिक स्थल लाल-किल्ला, दिल्ली गेटको अवलोकन गौँ र अप्पु-घर, चिडिया-घर हेर्न गयौँ । अर्को दिन विडला मन्दिर, कुतुब मिनार, लोटस मन्दिरजस्ता धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गरेका थियौँ । दिल्लीका कर्नाट प्लेस, पालिका बजार जस्ता स्थानहरूको अवलोकनले हामीलाई निकै आनन्दित तुल्यायो। दिल्लीका मूल सडकमाथि रहेका आकासे पुल तथा त्यहाँ चल्ने मेट्रो रेलको दृश्यावलोकनबाट त हामी अचम्मित भएका थियौँ । दिल्लीबाट फर्कने क्रममा आगराको ताजमहल हेर्ने मौका पाएका थियौँ । विश्वकै सात आश्चर्यमा गनिने शाहजहाँको मुमताजप्रतिको अमर प्रेमको प्रतीक मानिने ताजमहल हेर्दा हामीले आफूलाई समेत बिर्सेका थियौ । यसरी रमाइलो र आनन्दसँग हामीले भ्रमण पुरा गरेका थियौँ । हाम्रो शैक्षिक भ्रमण निकै शिक्षाप्रद भएको थियो । भारतका ऐतिहासिक, धार्मिक स्थलहरूको अवलोकनबाट हामीले धेरै कुराको अनुभव गर्ने मौका पायौँ । बस्न तथा खानका निम्ति होटेलको व्यवस्था गर्न हामीलाई केही कठिनाइ परेको थियो। आगामी वर्षदेखि पहिल्यै नै होटल, लजहरू बुक गर्न सकेको खण्डमा सजिलो हुने थियो । बाटामा केही असुविधा र अप्ठ्यारा स्थिति आइपरे पनि समग्रमा भ्रमण सफल भयो । भविष्यमा शैक्षिक भ्रमणको आयोजना गर्दा समयमै यस्ता कुराहरूप्रति ध्यान दिनु आवश्यक देखिन्छ।
मिति: २०७७-८-१७
प्रतिवेदक
नाम:
पद : संयोजक
हस्ताक्षर :