प्रतिवेदन लेखन
प्रतिवेदन लेखन↪ कुनै पनि विषय वा घटनाको विस्तृत अध्ययन र सोधखोजपछि तयार पारिने विवरणलाई प्रतिवेदन भनिन्छ । प्रतिवेदन जुनसुकै उल्लेखनीय घटना पनि लेख्न सकिन्छ र यो कुनै गोष्ठी वा सभामा विशिष्ट व्यक्त...
प्रतिवेदन नमुना ३
अधिकारीको महासम्मेलन विमोचित
२०५९-१-१९ गते कविवर माधव घिमिरेले युवाकवि हेमराज अधिकारीद्वारा लिखित महासम्मेलन' खण्डकाव्यको विमोचन गर्नु भयो । अभियान साहित्य नेपालका अध्यक्ष राम प्रसाद ज्ञवालीको सभापतित्व र प्रभात सापकोटाको सञ्चालनमा सम्पन्न उक्त समारोह नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा भएको थियो। दिनको ठिक १:०० बजे सुरु भएको उक्त समारोह आरम्भ नहुँदै प्रज्ञा प्रतिष्ठानको सभाकक्ष नयाँ तथा पुराना साहित्यकारहरूले खचाखच भरिएको थियो। प्रमुख अतिथिबाट कृति विमोचन भइ सकेपछि खण्डकाव्यकार अधिकारीको व्यक्तित्वमाथि प्रकाश पार्दै युवाकवि तथा समालोचक देवी नेपालले ताप्लेजुङ जस्तो विकट ठाउँमा जन्म भएका कारण कबिमा छन्दको विकटता वा कठोरतासँग सहजै खेल्न सक्ने क्षमता उत्पन्न भएको कुरा व्यक्त गर्नु भयो भने खण्डकाव्यका मूल समीक्षक प्रा. राजेन्द्र सुवेदीले गद्य कविता लेखनको बाढी चलेका बेलामा चुनौती बनेर आएका कवि अधिकारी विषय वस्तुको नवीनता, शिल्पगत सचेतता र भावनाको आख्यानीकरण तिनै कुरामा अत्यन्त सफल भएको बिचार एक गर्नु भयो । रोचक प्रस्तुतीकरणका धनी दाहाल यज्ञनिधिले प्रभावकारी शैली काव्यका केही सर्वसम्मति हुन पक्तिहरू वाचन गर्दै कविले आफ्नो मनको कुरा लेखि दिएको कुरा व्यक्त गर्नु भयो । आफ्ना सम्पूर्ण शुभचिन्तकहरूलाई सम्बोधन गर्दै कवि अधिकारीले विषय वस्तुको नवीनता र प्रस्तुतीकरणको सरलता खोज्ने कर त्रुटिहरू भएका होलान् र विचार स्थापनामा पनि नसक्ला भन्दै सकारात्मक र नकारात्मक पक्ष केलाउने जिम्मा पाठकवर्गलाई नै सुम्पिदिनु भयो । विशिष्ट दश जना छन्द कविहरूद्वारा कविता वाचन गरिएको यस समारोहमा अतिथिका आसनबाट बोल्दै कविवर माधव घिमिरेले आफू बुढो भए पनि आफ्नो उत्तराधिकारीको कमी नभएको विचार प्रस्तुत गर्नु भयो । लगभग तीन घण्टा चलेको उक्त समारोहमा श्रोतालाई दिक्क लगाउने काम कसैबाट पनि भएन । सभा विसर्जनपछि जलपान गरेर सम्पूर्ण साहित्यकार आफ्ना बाटा लाग्नु भयो।
प्रतिवेदक