26 Nepali -- लौ आयो ताजा खबर

ask mattrab Visit www.askmattrab.com for more academic resources.

प्रतिवेदन नमुना २

प्रतिवेदन नमुना २


⁕ तपाईले साथीहरूसँग गरेको कुनै सांस्कृतिक वा पर्यटकीय क्षेत्रको भ्रमणको प्रतिवेदन तयार गर्नुहोस्।

लुम्बिनी भ्रमण

२०७७ साल मङ्सिर ११ गते सगरमाथा कलेज', पोखराबाट २५ जनाको टोली लुम्बिनीको अवलोकन भ्रमण गर्ने उद्देश्यले त्यसतर्फ लाग्यो । लुम्बिनीको पर्सा चौराहामा पुगेपश्चात्हा मी मायादेवी मन्दिर परिसरमा पुग्यौँ । त्यहाँ फूल,प्रसाद किन्यौं । मन्दिरभित्र प्रवेश गयौँ । देशमा सुशान्ति छाओस् भनेर सबैले प्रार्थना गयौँ । लुम्बिनी क्षेत्रका ऐतिहासिक तथा पुरातात्त्विक वस्तुहरूको स्थलगत भ्रमण गर्न हामी आतुर थियौँ । लुम्बिनी कस्तो होला भन्ने जिज्ञासा हामीलाई लागेको थियो । त्यसैले लुम्बिनी क्षेत्रका पोखरी, शान्तिदीप, चाइना टेम्पल, कोरियन टेम्पल, अशोक स्तम्भ लगायतका विभिन्न मूर्ति र वस्तुहरूको हामीले अबलोकन गयौँ । लुम्बिनी क्षेत्रको भ्रमण गर्दा मनभरि हर्षको वर्षा भयो। बुद्धको जन्मथलो पुग्दा हामीले शान्ति र सौन्दर्यको अनुभूत गयौँ । बुद्धले ध्यान गर्ने स्थल बडो आकर्षक लाग्यो । लुम्बिनी परिसरको भ्रमण सकेर हामीले होटेलमा खाना खायौं । त्यसपछि हामी तौलिहवातर्फ हुइँकियौं । सालहवामा पुग्दा हामी झन् उत्साहित भएका थियौं । त्यहाँ बजारको बीच भागमा रहेको तौलेश्वरनाथको भव्य मन्दिरमा पसेर हामीले दर्शन र अबलोकन गौँ । बिस्तारै हामी तिलौराकोट पुग्यौं । तौलिहवादेखि तीन कि. मि. उत्तर वाणगङ्गा नदीको तीरमा अवस्थित तिलौराकोटमा राजा शुद्धोदनको दरबारको भग्नावशेष नियाल्ने मौका हामीले पायौं । भग्नावशेषले अतीतावलोकनको अनुभूति दिलायो। आजभन्दा करिब २५ सय वर्ष अगाडिसम्म बसेको जानकारी हामीले पायौँ । तिलौराकोट प्राङ्गणभित्र रहेका आँप, कुसुम लगायतका वटवृक्षहरूले हाम्रो मनलाई तानिरहे। तिलौराकोट परिसर बाहिर हामीले टिकट काट्यौँ । सङ्ग्रहालयभित्र जान मन आतुर भइरह्यो। भित्र गयौँ । २५ सय वर्ष अगाडिका भाँडाकुँडा, सरसामानहरू, ढुङ्गामा कुँदिएका बुट्टा यस्तैयस्तै अनेकौं चिजबीजहरूले हामीलाई आकृष्ट तुल्याइरहृयो । तिलौराकोटको 'अवलोकनपश्चात् हामी तौलिहवादेखि दक्षिणमा रहेको कुदान क्षेत्रतर्फ लाग्यौँ । राजा शुद्धोदनका पालामा कुदान क्षेत्रलाई न्यायालयको रूपमा लिइन्थ्यो भन्ने जानकारी पनि पायौँ । उक्त स्थल पनि हामीलाई अत्यन्त मनमोहक लाग्यो। यसरी हामी बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण सकेर अत्यन्त हर्षका साथ पुनः बुटवलतिर फर्कियौँ।

मिति : २०७७-८-१२ गते शुक्रबारप्रतिवेदक


Discussions

सान्श्कृतिक धर्म को प्रतिबेदन

More notes on लौ आयो ताजा खबर

Close Open App