26 Nepali -- लौ आयो ताजा खबर

ask mattrab Visit www.askmattrab.com for more academic resources.

प्रतिवेदन नमुना १


प्रतिवेदन नमुना १ 

⁕ तपाईंको क्याम्पसमा आयोजित कुनै एक गोष्ठीको प्रतिवेदन तयार पार्नुहोस् :

विद्यालयले मनाएको वार्षिकोत्सव कार्यक्रम

श्रीमान् प्राचार्यज्यू
श्री सगरमाथा सेकेण्डरी स्कुल/ क्याम्पस,
पोखरा

श्री सगरमाथा सेकेण्डरी स्कुल, क्याम्पस, पोखरा शान्त सौम्य एवम् प्राकृतिक हराभराको काखमा अवस्थित छ । यस विद्यालयको वार्षिकोत्सव २०७७-८-१० गतेका दिन समापन भयो । स्थानीय सभासद् एवम् अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रमको सभापतित्व प्राचार्य प्रा.डा. रामचन्द्र आचार्यले गर्नु भएको थियो। स्थानीय झाँकी र साजबाज सहित बिहान ९ बजेदेखि शुभारम्भ भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलले दीप प्रज्वलन गरेर गर्नु भएको थियो । कार्यक्रमको प्रारम्भमा उपप्राचार्य बद्री पन्थीले स्वागत मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रमको शुभारम्भ सँगसँगै बीचबीचमा स्थानीय झाँकी सहित नाचगान समेत प्रस्तुत गरिएको थियो । विद्यालयको स्थापना काल पच्चिस वर्ष पूरा भई प्रकाश छब्बिस वर्षमा प्रवेश गरेको उपलक्ष्यमा क्याम्पसको वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याई प्रथम हुनेछात्रछात्रालाई पुरस्कार र पन्ध्र वर्षभन्दा बढी सेवारत क्याम्पसका प्राध्यापकहरूलाई सम्मान सहित कदरपत्र प्रदान गरिएको थियो । क्याम्पसका नेपाली विभागका प्रमुख श्री शिवप्रसाद ज्ञवालीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र ढकालले समसामयिक प्रतिकूल परिस्थितिका कारण विद्यालय सञ्चालन गर्न अत्यन्त कठिनाइ परेको कुरालाई पार्दै अत्यन्त प्रभावकारी मन्तव्य प्रकट गर्नु भएको थियो । सोही कार्यक्रममा प्रमख अतिथिका हातबाट क्याम्पसमा वर्षभरिमा सञ्चालन भएका रचनात्मक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रम भव्य एवम् सभ्यताका साथ साँझ सभापतिको मन्तव्यसंगै सुसम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन नेपाली विषयका प्राध्यापक विष्णुप्रसाद भुसालले गर्नुभएको थियो।

⁕ निष्कर्ष तथा सुझावः

भव्य एवम् सभ्यताका साथ सुसम्पन्न भए पनि माइक र मञ्चको व्यवस्था राम्रो नभएका कारण कार्यक्रम सञ्चालन गर्न निकै कठिनाइ परेको थियो । उक्त कार्यक्रमलाई व्यवस्थित गर्न निम्न कुरामा ध्यान केन्द्रित पार्नु अत्यावश्यक थियो :

↪ आयोजकहरूले पूर्वघोषित सूचना तर्जुमा गर्नु पर्ने,
↪ स्वयंसेवकको व्यवस्था हुनु पर्ने,
↪ प्राध्यापक एवम् कर्मचारीहरूलाई पनि आवश्यक जिम्मेवारी दिइनु पर्ने,
↪ माइक र मञ्चको राम्रो व्यवस्था हुनु पर्ने,
↪ विद्यालयमा देखापरेका समस्याहरू नेपाल सरकार समक्ष प्रस्तुत गर्न आवश्यकीय कदम चालिनु पर्ने,
↪ चियापानको व्यवस्था हुनु पर्ने।

मिति : २०७७-८ -११
प्रतिवेदक





Discussions

More notes on लौ आयो ताजा खबर

Close Open App