१.पाठ पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) चिठीमा कतिओटा अनुच्छेद रहेका छन् ?
(ख) चिठीको आदि, मध्य र अन्त्य भागमा कस्ता विषयवस्तु छन् ?
(ग) पूर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा कसरी बिताए ?
(घ) पूर्वविक्रम कस्तो सपना बोकेर विदेश गएका थिए ?
(ङ) चिठीमा कुन कुन अङ्ग हुन्छन्, लेख्नुहोस् ।
क) चिठीमा कतिवटा अनुच्छेद रहेका छन् ?
चिठीमा सातवटा अनुच्छेद रहेका छन् ।
चिठीको आदि भागमा वैदेशिक रोजगारी प्रतिको मोह देखाइएको छ भने मध्य भागमा वैदेशिक रोजगारीले दिएको क्षणिक सुखको अनुभव सुनाइनुका साथै अन्त्य भागमा स्वदेश प्रतिको मोह देखाइएको छ ।
पुर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा मोजमस्तीमा र रमाइलो गर्दै बिताए ।
पुर्णविक्रम परदेशमा रहेको सुनको बोटबाट टपाटप पैसा टिपेर चाँडै धनी भइन्छ भन्ने सपना बोकेर विदेश गएका थिए ।
चिठीमा मिति , ठेगाना, सम्बोधन , शिष्टाचार, विवरण, समापन र खामको नमुना जस्ता अङ्गहरु हुन्छन् ।