सूचना लेखन - नेपाली
कक्षा १२मा आध्ययनरत विध्यार्थीहरुका लागि परिक्षा फारम भर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना !राष्ट्रिय परिक्षा बोर्ड द्वारा २०७७ साल बैशाख महिनामा संचालन गरिने वार्षिक परिक्षाको प्रयोजनका लागि परिक्षा ...
कविको परिचय:
माधव घिमिरे (वि. सं. १९७६) नेपाली सोच्छन्दताबदी भावधाराका कवि हुन्। उनले गौरी, राजेश्वोरी, राष्ट्रनिर्माता, पापिनी आमाजस्ता काव्यहरु र किन्नर-किन्नरि (गीतसङ्ग्रह) लगायत प्रशस्त फुटकर कविताहरुको रचना गरेका छन् । मालती - मङ्गले, शकुन्तला, हिमालपारी हिमालवारी, आशवत्थामा उनका गीतिनाटक हुन् ।घिमिरे देशभक्ति, प्रकृति र मानवीय प्रेम तथा जीवनका विविध पक्षको सुन्दर चित्रण गर्ने सशक्त कवि हुन् । उनका कवितामा चन्दको मिठास, गीतिलयको माधुर्य, माझिएको शैलीगत सौन्दर्यजस्ता विशेषता पाइन्छन् । उनि नेपाली कविताको छन्द परम्परा सिद्दहस्त कवि मानिन्छन् ।
कविता:
नेपाली हामी रहौला काहा नेपालै नरहे
उचाइ हाम्राे चुलिन्छ कहाँ हिमालै नरहे (1)
तराई हाम्राे सुनका टुक्रा हिमाल हिराकाे
माटाे र पानी पहिलाे धन धर्तिका छाेराकाे
ए कहाँ बाट हेरौँला संसार सम्झ्यालै नरहे
नेपाली हामी रहौला काहा नेपालै नरहे(2)
दशैँ र तिहार रमाइलाे हाम्रा चुट्का र ख्यालीले
हृदय हाँम्राे जुर्मुराउछ जीथकाे झ्यालीले
बैशकाे तालमा नाचौँला कहाँ मादालै नरहे
नेपाली हाँमी रहुँला कहाँ नेपालै नरहे(3)
आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न
पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न
ब्युझउला कहाँ पुर्वकाे पहिलाे उझ्यालै नरहे
नेपाली हामी रहौला काहा नेपालै नरहे(4)