सूचना लेखन - नेपाली
कक्षा १२मा आध्ययनरत विध्यार्थीहरुका लागि परिक्षा फारम भर्नेसम्बन्धी अत्यन्त जरुरी सूचना !राष्ट्रिय परिक्षा बोर्ड द्वारा २०७७ साल बैशाख महिनामा संचालन गरिने वार्षिक परिक्षाको प्रयोजनका लागि परिक्षा ...
तदभव शब्दको पहिचान
१) शून्य, एक, दश बाहेकका संग्ख्या बुझाउने शब्दहरु तदभव हुन।
दुई, तीन, चार, पाच, सय, हजार, करोड ( माथि हैन )
२) पहिलो, दोस्रो, तेश्रो जस्ता श्रेणी बुझाउने शब्दहरु तदभव हुन।
३) हजुर, मौसुफ, स्यम, बाहेकका सर्वनामहरुतदभव हुन।
यो, त्यो, यि, ति, म, आदि।
४) नेपालीमा प्रचलित सबैजसो समपिका, र असमपिका क्रियाहरु तदभव हुन।
लेख्नु, आउनु, पढ्नु, हिड्नु।
५) धातुमा प्रत्यय लागेर बनेका शब्दहरु तदभव हुन।
घेरो, टिपोट, वोलअक्कड, बचत।
६) यसरी बनेका शब्दहरु तदभव हुन।
श्वेत -- सेतो
रक्त -- रातो / रगत
बाह्य -- बाहिर
अभ्यांतर -- भित्र
भगिनी -- बहिनी
हस्त -- हात
रात्रि -- रत
मिष्ठ -- मिठो
आगन्तुक शब्दको पहिचान
१) विज्ञान तथा प्रविधि सँग सम्बन्धित शब्दहरु।
कम्प्युटर, आइफोन, नम्बर, फोन, एम्बुलेन्स।
२) कानुनी क्षेत्र सँग सम्बन्धित शब्दहरु।
अदालत, जज।
३) अन्तरराष्ट्रिय उत्पादनहरु।
ब्यान्डेज, म्यग्दोनल्द, चाउचाउ।