26 Nepali -- वीर पुर्खा

ask mattrab Visit www.askmattrab.com for more academic resources.

बोध र अभिव्यक्ति

१. कविता पढी दिइएका प्रश्नको उत्तर दिनुहोस्:

(क) कवितामा कतिओटा श्लोक छन् ?
↪  कवितामा ४ ओटा श्लोक छन् ।

(ख) कुन कुन पक्तिमा सबैभन्दा बढी पद रहेका छन् ?
↪ पहिलो, दोस्रो र तेसो पक्तिमा सबैभन्दा बढी पद रहेका छन् ।

(ग) समान पदसङ्ख्या भएको श्लोक कुन हो ?
↪ समान पदसइख्या भएको श्लोक दोसो हो।

(घ) कुन पक्तिमा सबैभन्दा कम पद रहेका छन् ?
↪ दसौ पइक्तिमा सबैभन्दा कम पद रहेका छन ।

(ङ) कवितामा प्रयोग भएका नदी र स्थानको सूची बनाउनुहोस् ।

↪ नदी: टिस्टा, वेत्रावती, रावी
स्थानः काडगडा, खलङ्गा, मितेरी

२ 'वीर पुर्खा' कविताको पहिलो श्लोक पढी त्यसलाई गद्यमा रूपान्तरण गर्नुहोस् ।

कुन पहाडले कुन खोलाले तिम्रो गति छेकंथ्यो र वीर पुर्खा ।
कुन आधीले तिम्रो यात्रा रोकेथ्यो र गरुडको मैं वेग तिम्रो
कुन आकाशले वाध्न सक्यो पौरखले रच्यौ नेपाल । पहाड तराई जुट्न सक्यो।

३.कविता पढी विषयको क्रम मिलाएर लेख्नुहोस् :

(क) वीर पुर्खाहरूको रगत नेपालीको नसा नसामा छ।
(ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
(ग) वेत्रावतीको किनारमा नेपालीको पौरखको चिनो छ।
(घ) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ।
(ङ) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ।

(ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
(ङ) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।
(घ) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
(ग) वेत्रावतीको किनारमा नेपालीको पौरखको चिनो छ ।
(क) वीर पुर्खाहरूको रगत नेपालीको नसा नसामा छ ।

४. दिइएको कवितांश पढ्नुहोस् र सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

डिगामा डोब तिम्रो चिसो हिउँभित्र होला
वेत्रावती किनारभरि पौरखको चिनो होला
वीर पुर्खा | तिमीलाई मितेरीले मात्रै बाँध्यो
सागर तरी संसारभरि वीर गोखां रगत बग्यो ।

प्रश्नहरू

(क) माथिको कवितांशमा हाम्रा पुर्खाहरूका बारेमा के भनिएको छ ?

↪ चिसो हिउँ र डिगर्चामा हाम्रा पुर्खाको पाइला अझै भेटिन्छन् होला । वेत्रावती खोलाका किनारभरि उनीहरूको पौरखको चिनो अझै पाइन्छ होला । उत्तरमा मितेरीसम्म हाम्रा पुर्खा पुगेका थिए । यसरी सागर तरेर संसारभरि वीर गोर्खालीले रगत वगाएको प्रसङ्गलाई माथिको कविताशमा भनिएको छ।

(ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौँ ?

↪ हाम्रा पुर्खाले आफ्नो ज्यानको पर्वाह नगरी निर्माण गरेको देश र नामलाई हामीले अझ उन्नति, प्रगति गरेर हाम्रा पुर्खाको गौरवलाई जोगाउन सक्छौ ।

(ग) 'सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।' यस कथनको तात्पर्य के हो ?

↪ गोर्खालीले आफ्नो देशको मात्र होइन समारभरि आफ्नो वीरताको प्रदर्शन गरेर 'वीर गोर्खाली' भनी चिनिएका छन्' भन्नु नै माथिको कथनको तात्पर्य हो ।

५. दिइएको कवितांश पढी सोधिएका प्रश्नहरूको जवाफ दिनुहोस् :

कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र
वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको मैं वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल | पहाड तराई जुट्न सक्यो ।

प्रश्नहरू

(क) नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो ?

↪ खोलाको गति जस्तो, आधी र गरुडको वेग जस्तो नेपालीहरूको पौरखले पहाड, हिमाल र तराइलाई एक वनाई नेपालको रचना भएको हो ।

(ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस् ।

↪ कुनै पहाड वा खोलाले हाम्रा वीर पुर्खाको पाइलालाई रोक्न सकेन । आँधीको वेगले पनि उनीहरूको यात्रालाई रोक्न सकेन । गरुडको वेग जस्तो पुर्खाको यात्रालाई कसैले छेक्न सकेन आफ्ना अगाडि बढेका पाइलालाई नरोकी आफ्नै पौरखले यस देशको निर्माण हाम्रा पुर्खाले गरेका हुन् भनी उनीहरूको गौरव गायाको वर्णन गरिएको छ ।


६. 'वीर पुर्खा' कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) नेपालीहरूको वीरता कसरी गुन्जिएको छ ?

↪ सत्रुहरूले नाका थुनेर पनि वीर नेपालीहरूलाई छेक्न सकेका छैनन् । आफ्नो देश र जनताका लागि वीर नेपालीले आफ्नो रगत वगाउन पछि हटेका छैनन् भन्दै नेपालीहरूको वीरताको प्रशसा गरेका छन् ।

(ख) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?

↪ नेपाल राष्ट्र निर्माण गर्ने वीर गोर्खालीहरूले आफ्नो रगत वगाएका थिए भन्ने गौरव गाथा चन्द्रसूर्य ध्वजामा अकित छ ।

७. दिइएको कवितांशको व्याख्या गर्नुहोस्

गरुडको मैं वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यो नेपाल | पहाड तराई जुट्न सक्यो ।

↪ प्रस्तुत पद्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने 'वीर पुर्खा' नामक कविताबाट साभार गरिएको हो । यस कविताका लेखक वासुदेव त्रिपाठी हुन् । वीर पुर्खाको वलिदानले आज हाम्रो देशको नाम संसारमा फैलिएको छ भन्ने भावलाई यस कविताले व्यक्त गरेको छ ।

नेपाली वीर पुर्खाले शत्रुका सामु कहिल्यै घुडा टेकेनन् । उनीहरूको अगाडि बढेको यात्रालाई कुनै पहाड वा खोलाले रोक्न सकेन् । उनीहरूको गरुड में वेगलाई आकाशले पनि वाँध्न सकेन । नेपालीहरूको साहस, ऑट, हिम्मत र बलिदानले सिङ्गो नेपाल निर्माण भएको छ । पहाड, तराई, हिमाल सबैतिरका मानिसहरू एक भई लडेर आज सिङ्गो देश निर्माण भएको छ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ ।

८. दिइएका बुंदाका आधारमा 'वीर पुखां' कविताको समीक्षात्मक टिप्पणी गर्नुहोस् :
(क) पुर्खाको विजय यात्रालाई पहाड र खोलाले छेक्न तथा आँधीले रोक्न नसकेको
(ख) आकाशमा स्वच्छन्द उड़ने गरुडको जस्तो वेग(ग) पौरखी पुर्खाले तराई, पहाड र हिमाललाई जोडेर नेपाल बनाएका(घ) हाम्रा वीर पुर्खाको बहादुरीको गीत टिस्टा र रावी नदी तथा कांगडा, कलङ्गा र गङ्गासम्मगुन्जिएको
(ड) उत्तरमा तिव्बतसम्म पौरखी पाइला पुगेको
(च) मित्रताले मात्र पुर्खाहरूको विजय यात्रालाई रोक्न सकेको(छ) पुर्खाहरूको बहादुरी संसारभर फैलिएको(ज) हाम्रो नसामा आज पनि पुर्खाकै रगत वगेको

↪ राष्ट्रप्रेमी कवि वासुदेव त्रिपाठीद्वारा लेखिएको 'वीर पुर्खा' कवितामा हाम्रा पुर्खाहरूले हाम्रो देश निर्माण गर्न रगतको खोलो बगाएका थिए भन्ने भावलाई प्रस्तुत गरिएको छ । हाम्रा वीर पुर्खाहरूको विजय यात्रालाई पहाड र खोलाले छेक्न तथा आँधीले रोक्न सकेन । उनीहरूमा आकाशमा स्वच्छन्द उड्ने गरुडको जस्तै वेग थियो । पुर्खाहरूको पौरखले नै तराई, पहाड र हिमाललाई जोडेर सिङ्गो नेपाल निर्माण भएको हो । हाम्रा वीर पुर्खाको बहादुरीको गीत टिल्टा र रावी नदी तथा कांगडा, कलङ्गा र गङ्गासम्म गुन्जिएको छ । हाम्रा वीर पुर्खाहरूको उत्तरमा तिब्वतसम्म पौरखी पाइला पुगेका थिए । मित्रताका कारण हाम्रा वीर पुर्खाहरूको विजय यात्रालाई रोकिएको थियो । पुर्खाहरूको त्याग र बलिदान संसारभर फैलिएको छ । आजका मानिसको नसा नसामा पुर्खाकै रगत वगेको छ ।
तसर्थ हाम्रा वीर पुर्खाहरूका कारण आज हामीले स्वतन्त्र भई शिर ठाडो बनाएर नेपाली भन्न पाएका छौं भन्ने आशय यो कवितामा व्यक्त भएको छ ।


Discussions

Diya Konaju asked over 2 years ago

हामीले हाम्रो पुर्खा हरु को गौरव कसरी बचाउन सक्छन

♪⚝Sanjiv❀Jaiswal❁⩸ answered over 2 years ago

हाम्रा पुर्खाले आफ्नो ज्यानको पर्वाह नगरी निर्माण गरेको देश र नामलाई हामीले अझ उन्नति, प्रगति गरेर हाम्रा पुर्खाको गौरवलाई जोगाउन सक्छौ ।

Close Open App