or

26 Nepali -- वीर पुर्खा

ask mattrab Visit www.askmattrab.com for more academic resources.

शब्दभण्डार

शब्दभण्डार

१. 'वीर पुर्खा' कविता गति, यति र विरामका आधारमा लय मिलाई पढ्नुहोस्:

४ अक्षर
४ अक्षर
४ अक्षर
४ अक्षर
कुन पहाडले
कुन खोलाले
तिम्रो गति
छेकेथ्यो र
वीर पुर्खा
कुन आँधीले
तिम्रो यात्रा
रोकथ्यो र
गरुडको भै 
वेग तिम्रो
कुन आकाशले
बाँध्न सक्यो
पौरखले
रच्यौ नेपाल
पहाड तराई
जुट्न सक्यो

२. दिइएका अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस्ः

(क) गिद्ध प्रजातिको ठूलो पक्षी विशेष
(ख) प्रवाह
(ग) डाम
(घ) गौडा
(ङ) पुरुषार्थ

(क) गिद्ध प्रजातिको ठूलो पक्षी विशेष -  गरुड
(ख) प्रवाह - वेग
(ग) डाम - डोब
(घ) गौडा - नाका
(ङ) पुरुषार्थ - पौरख

३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:

पर्वत, तीर, बहादुर, सङ्केत, नभ, समुद्र, पाषाण, झन्डा

पर्वत : वीर गोर्खालीले पर्वतभरि आफ्नो देशको झन्डा फहराएका थिए ।
तीर : नदीतीरमा पनि गोर्खालीले धेरै रगत बगाए।
बहादुर : गोर्खाली संसारभर बहादुर भनी चिनिन्छन् ।
सङ्केत : हाम्रा पुर्खाको बलिदानले देशमा उज्यालोको सङ्केत देखिएको थियो ।
नभ : नभभरि वीर गोर्खालीको गीत गुञ्जिरहेछ ।
समुद्र : समुद्र पारिसम्म पनि वीर. गोर्खालीको रगत बग्यो ।
पाषाण : (आदिम युग) पाषण युगमा मानिस जङ्गलमा बस्थे ।
झन्डा : हाम्रो झन्डामा वीर गोर्खालीको वलिदानको कथा लुकेको छ ।

४. दिइएका शवसँग मिल्ने अनुप्रासयुक्त शब्द खोज्नुहोस्:

आँधी, वेग, खोला, तराई, धारा, माटो, रगत, गौरव, यात्रा

आँधी - गादी
वेग मेघ - खोला होला तराई पराई
माटो - राटो
गौरव  - सौरभ
धारा - भारा
रगत - फगत
यात्रा - मात्रा

Discussions

Diya Konaju asked about 4 years ago

हामीले हाम्रो पुर्खा हरु को गौरव कसरी बचाउन सक्छन

♪⚝Sanjiv❀Jaiswal❁⩸ answered about 4 years ago

हाम्रा पुर्खाले आफ्नो ज्यानको पर्वाह नगरी निर्माण गरेको देश र नामलाई हामीले अझ उन्नति, प्रगति गरेर हाम्रा पुर्खाको गौरवलाई जोगाउन सक्छौ ।

Close Open App