7 Nepali -- A Day

प्रश्न: आफ्नै छरछिमेकिमा देखेका ,सुनेका र भोगेका सान्दर्भिक उदाहरणहरु समेटेर छिमेकीको आवस्यकता र महत्त्वबारे प्रस्ट पार्नुहोस |

प्रश्न: आफ्नै छरछिमेकिमा देखेका ,सुनेका र भोगेका सान्दर्भिक उदाहरणहरु समेटेर छिमेकीको आवस्यकता र महत्त्वबारे प्रस्ट पार्नुहोस |

उत्तर : छिमेकीलाई जिउँदाको जन्ती र मर्दाको मलामी भनिन्छ तर सबैको छिमेकीको लागि यो भनाई सत्य नहुन पनि सक्छ| अहिलेको यस समयमा त्यस्ता छिमेकी पाउनु भनेको   भाग्यको  कुरो हो|  छिमेकी राम्रो भए मानिसको आदि जिन्दगी  सफल भए जस्तै हुन्छ| हाम्रो जीवनमा हाम्रो घरपरिवारको व्यवहारले मात्र फरक पार्दैन| जागिरेको लागि उसको मालीको व्यवहारले उसको जीवनमा फरक पार्छ ,व्यापारीलाई उसको  जीवनमा उसका आउने ग्राहकलाई फरक पार्छ| त्यस्तै  हरेकको जीवनमा फरक पर्ने कोही न कोही त अवस्य हुन्छ| यदि साथीले जिबनमा अप्ठ्यारो सिर्जना गरे ऊसँगको नाता मेटाउन सकिन्छ  तर छिमेकी यस्तो परे चाहेर पनि ऊबाट  टाढा हुन सकिन्न| यदि टाढा नै हुन परेपनि आफ्नो थुप्रै घाटा गर्नुपर्छ जो मानिसहरु अवश्य पनि चाहन्न| त्यसैले छिमेकी गुणी पढ्नु धेरै नै भाग्यशील कुरा हो| 


छिमिकी हरेक मानिसको आवश्यकता हो| उसलाई साथ चाहिए  बेला साथदिन नातेदार आउन नसकेपनि छिमेकी बेलामै साथ दिन अवश्य  आउँछ| छिमेकी संग हामीले यति सुखः, दुःखका कुराहरु साटासाट  गर्छौं जति  एउटा नयाँ दुलहीले  फोनमा आफ्ना ससुरालको बारे  आफ्नो माइतमा कुरा  गर्दछ| छिमेकी मात्र कुराको लागि नभई हाम्रो नराम्रो आवस्थामा  सहयोगको लागि  पनि एकदमै आवश्यक छ| दुई दिनअगाडि कुरा गर्नेहो भने मेरो भाइलाइ  कोरोनाको कारण पसलको भाडा तिर्न एकदमै गाह्रो भइरहेको थियो| घरपेटीबाले पैसा झिक भनेर पुलमा बखेडा सिर्जना गर्न थाल्यो| हाम्रो घरमा उहाँलाई भाडा तिर्न पर्याप्त पैसा थिएन| चार -पाँच दिनको समय माग्दा , पसल नै खाली गर् भन्न थाल्नुभयो | यो कुरा हाम्रो छिमेकको बिर प्रसाद काकाले  थाहा पाउनुभयो र उहाँले  भाइलाई  पचास हजार  रुपैयाँको सहयोग गर्नुभयो| उहाँले हाम्रो पसल त  बचाउनुभयो साथसाथै डुब्न लागेको इज्जत पनि जोगाइदिनुभयो| एक हिसाबले हेर्ने हो भने, छिमेकी भगवानले पठाएको दूत हुन् जसले परेको बेला सधैं सहयोग गर्छ| छिमेकी मानिसको जीवनमा यतिसम्म महत्व हुन्छ कि मानिसलाई  छिमेकी बिना जीवन बिताउन गाह्रो पर्छ|


छिमेकी मानिसलाई उसको गल्ती सम्झाउन को लागि पनि महत्वपूर्ण  हुन्छ| उदाहरणको रुपमा हेर्ने हो भने, गोपाल काका धनको हैसियतले हाम्रो टोलको सबैभन्दा अमिर हुन्|काका  एक्लै बस्नुहुन्छ| उहाँको छोरो र बुहारी अमेरिकामा काम गर्छन्| विदेशबाट पठाएको पैसा उहाँलाई घरमै पुर्याउन ल्याउँछ| आँखा पढेका छैनन् र आजकलको प्रविधि पनि राम्ररी बुझेका छैनन्| अहिलेको यस्तो अवस्थामा, छोरोले   पठाएको सबै सकिने अवस्थामा  थियो| छ महिनादेखि छोरोले पैसा   पठाएको काकाको हातमा परेको थिएन| दैनिक खानुपर्ने औषधी किन्न धरि पैसा रहेन रहेछ| उहाँ एकान्तमा बसेर आफ्नो गुनासो बर्बराउन थाल्नुभयो| तिमी दाई जो तरकारी बेच्नुहुन्छ , उहाँले सबै समस्या सुन्नुभयो| हुन त काकाले अमित दाइलाई गरिब भनेर निकै हेर्नुहुन्थ्यो  तर अमित दाइले  काकाको लागि औषधि किनेर ल्याइदिनु भयो| यो देखेर काका रुन थाल्नु भयो र रुँदै  भन्नुभयो,” म बैगुनीलाई तैले हैसियत  देखाइदिइस् अमिते “| भाका त्यस समयपछि अहिले पहिलेजस्तै  रहेनन् |

हो मानिसको जीवनमा छरछिमेकीहरु एकदमै महत्वपूर्ण र आवश्यक छ| सुख होस या दुख बाँड्न कोहिन कोहि चाहिन्छ नै| आपत परेको बेला सम्झने एकमात्र मानिस छिमेकी नै हुन्छ| छिमेकीसँग रगतको नाता नभएतापनि मन र भावनाको एकदमै बलियो नाता हुन्छ | हो एउटै खाटमा सँगै सुतेपछि  गोडा लाग्छ नै| सँगै बसेपछि कहिलेकाहीँ थाकथुक  पर्छ नै तर एकापसमा झगडा सुल्झाएर सुखी को साथ छरछिमेकमा मिलेर बस्नुपर्छ| छिमेकीलाई सहयोग, आदर र प्रेम गर्ने अर्को छिमेकीको कर्तव्य हो|यस आत्मीय सम्बन्धलाई जोगाएर राख्न हर छरछिमेक मिलेर बस्नुपर्छ |

Close Open App