26 Nepali -- योगमाया

व्याख्या गर्नुहोस् :क) यी तपस्याका विविध मोहहरुको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो ।

व्याख्या गर्नुहोस् :

क) यी तपस्याका विविध मोहहरुको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो ।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा सङ्कलित `योगमाया´ नामक जेवानीबाट लिइएको हो । यस जीवनीका लेखक यसै पाठ्यपुस्तकका लेखक हुन् । प्रस्तुत व्याख्यांश योगमायाको योगसाधनाको चर्चा गर्ने प्रसङ्गमा आएको हो ।


योगमायाको विवाह सामाजिक प्रचलन अनुसार ७ वर्षको उमेरामा भएको थियो । विवाह भएको २ वर्ष उनको पतिको मृत्यु भयो । उनी किशोरावस्थामै समाजको र घरपरिवारको तिरस्कारले गर्दा शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । समाज र घरपरिवार बरले धेरै अत्याचार गर्न थालेपछि उनी आसाम भन्ने ठाउँमा गइन् । त्यहाँ उनको दोस्रो विवाह भयो । विवाह गरेको केही वर्षपछि फेरि उनको पतिको मृत्यु भयो र अकस्मात डोटेल थरका एउटा व्यक्ति आइपुगे। ती व्यक्तिले विवाहको प्रस्ताव राखे तर उनले स्वीकार गरिन् । उनीहरूको ‘नैनकला’ नामकी छोरी पनि जन्मिइन । पहिला चुपचाप बस्ने योगमाया विवाहपछि सामाजिक क्रियाकलापमा पनि सहभागी हुन थालिन् । यसैबिच उनी प्युठानको स्वर्गद्वारीमा रहेको महाप्रभु अभयानन्द द्वितीकहाँ पुगी दिक्षा लिइन् र सन्यासी बनिन् । सन्यासी बनेपछि घरायसी वातावरण त्याग गर्नुपर्ने भएकोले उनी कुनै शान्त ठाउँमा कुटि बनाएर एक्लै बस्न थालिन । जीवनका लोभ र मोहबाट मुक्त भइन् र उनले समाज सुधारको चाहना राख्न थालिन् । समाजमा भएको विभिन्न कुरिती, कुसंस्कृति, धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रका विकृतिहरू प्रति विरोध गर्न थालिन र ती कुरिती हटाउन थालिन् ।


त्यसैले योगमायाले आफ्नो समाजसुधारको चाहानालाई मुर्त रुप दिन जीवनमा लोभ र मोह बाट मुक्त भइ कठोर भन्दा कठोर तपस्याका विभिन्न मोडहरुलाई अङ्गाल्दै विद्रोह गरीन् । यसबाट व्यक्तिगत स्वार्थबाट माथी उठी राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्नुपर्ने सन्देश पाईन्छ ।

More questions on योगमाया

सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस् ।

योगमाया योगसाधना , तपसया , धयान र सामाजिक वयवहारका माधयमबाट सती परथा, दास परथा, छुवाछूत जसता कुरीती र कुसंसकारबाट मुकत नयाय र समातामूलक विभेदरहित समाज निरमाणका लागि सचेत विदरोह गरने नेतृतव हुन । योगमाया समाज सुधारका लागि अथक संघरष गरने एक सचेत ऐतिहासिक योगसाधना हुन । योगमायाको योगसाधना र तपसयाको मुखय उदेशय नै साधना परापति र जीवनका सबै परकारका लोभ र मोहबाट उनमुकत भइ समाजमा वयापत धरमिक, सामाजिक, आरथिक, राजनीतिक कषेतरका विकृति र विसङगतिको अनतय गरी छुवाछूतरहित, शोषणरहित, भरषटाचाररहित नयाय र...

Close Open App