वर्णको पहिचान

'नेपलै नरहे' गीतको समिक्षात्मक प्रतिक्रिया
राष्ट्रकवि माधव घिमिरेद्वारा लिखित "नेपालै नरहे" गीतमा सर्जकले हम्रो राष्ट्रको सुन्दर प्रकृति, साँस्कृतिक सम्पदा र गौरवपुर्ण इतिहासको महिमागान गरेका छन । साँच्चै हाम्रो भाषा, हाम्रो भेष, हाम्रो संस्कृति, हाम्रो इतिहास, हाम्रो रितिरिवाज, हाम्रो चाडपर्वहरु एकैपटक दर्शाउने हाम्रो राष्ट्र नरहे हाम्रो अस्तित्व बिलिन हुने कुरामा कविले प्रकाश पारेका छन ।
कविले हाम्रो प्रकृतिको वर्णन गर्दा हाम्रो तराईलाई सुनको टुक्रा र हिमाललाई हिराको रुपमा दाजेका छन । पुरै रास्ट्रको भोक मेटाउने तराइमा धनको बालाहरु लहलहाउने गर्दछ भने हिमाली भेगमा सेत्यम्ये शिखरहरु हिराझै टल्किएका छन । यसले पर्याटकहरुको मन लोभ्याउने गर्दछ, पर्याटकहरुलाई आकर्षित गर्ने गर्दछ । कविले धर्तिको छोरा भनेर पौरखी किसानलाई चिनाएका छन । किसानहरुले माटो र पानिसंग मितेरी साइनो लगाएका हुन्छन, मानो रोपेर मुरी फलाएका हुन्छन, आफु बाचेर सम्पूर्ण देशवासीहरुलाई बचाएका हुन्छन । विविध प्राकृतिक तथा सास्कृतिक सम्पदाले सजिएको हाम्रो देश संसार नै देखिने संझ्यल हो र हाम्रो राष्ट्र नरहे हामी रहनेछैनौ भन्ने भाव कविले दर्शाएका छन ।
हाम्रो चाडपर्वाहरु पनि हाम्रो अस्तित्वो र हाम्रो पहिचान हो । आफ्नो इतिहासलाई सम्झेर एकदमै करुनात्मक भावका साथ बाच्ने आधार हुन्छ चाडपर्वमा । यि चाडपर्व, बाजागाजा नरहे हामी फेरिपनि अस्तित्वोहीन हुन्छौ भनेर कविले भनेका छन ।
हाम्रो राष्ट्र संसारको सर्वोच शिखारहरुले सजिएको छ जुन विशेषता संसारको अरु कुनै ठाउमा खोजेर पाइदैन । आफ्नो ज्यानको समेत पर्वाह नगरिकन राष्ट्रको निम्ति पौरख गर्ने, पसिना पोख्ने हाम्रा पुर्खाको पाइलाहरु सदा रहिरहने कुरा पनि कविले कवितामा गरेका छन । यस्तो गौरवपूर्ण इतिहाश हामीसित रहेन भने हाम्रो होस नै खुल्न सक्दैन, हामि अचेतनशील रहन्छौ र हाम्रो अस्तित्वो संकटमा पर्छ भन्ने भव कवितामा झल्किन्छ । विभिन्न जात जाति, भाषा भाषी तथा धर्म सस्कृतिले भरिपुर्ण हाम्रो देशलाई सदैव माया गर्नु हाम्रो कर्तव्य हो । देश बाच्यो भने मात्र हामी आआफ्नो पहिचानमा रमाउनु सक्छौ ।