वर्णको पहिचान

तत्सम शब्द ( सस्कृत शब्द ) को पहिचान
१) श, ष, क्ष, ज्ञ, श्र वर्णको प्रयोग भएको सबै शब्दहरु तत्सम हुन् ।
शब्द, कोष, कोश, ज्ञान, श्रीमान, कुशल, श्रेष्ठ, ज्ञानी, विज्ञान, कक्षा, श्रेय, विज्ञ, आदि।
२) त्र वर्णको प्रयोग भएको
( त्रिचालिस, त्रिपन्न, जस्ता संख्या बुझाउने शब्द,
भित्र, यत्रो, कत्रो, त्यत्रो, भुत्रो, पत्रु जस्ता तद्भव झर्रा शब्द,
त्रिपाल, अलाकत्रा, अलपत्र जस्ता आगन्तुक शब्दहरु बाहेक )
अरु शब्दहरु तत्सम हुन् ।
त्रिशूल, पुत्र, पत्र, त्रियोदाशी, त्रिलोक, शत्रु, त्रिनेत्र, त्रिभुज, त्रिवेणी, त्रिकाल, त्रिमुर्ति, शैशिक, सत्र, गोत्र, चित्र, विचित्र, पात्रो, क्षेत्र, नेत्र, आदि।
३) कृ, गृ, ॠ वर्णको प्रयोग भएको शब्दहरु तत्सम हुन् ।
कृति, ऋषि, ॠग्देव, आदि।
४) शब्दको सुरु र बीचमा दीर्घ लेखिने शब्दहरु तत्सम हुन्।
जीवन, सूर्य, मूर्त, अमूर्त, दीर्घ, प्रतीक, परीक्ष, स्फूर्ति, वीर, सीता, वीर्य, पूर्ति, प्रतिकूल, अनुकूल, आदि।
५) विसर्ग लागेर बनेका शब्दहरु तत्सम हुन्।
क्रमश:, अत:, दु:ख, नम:, आदि।
६) लेख, पढ, उठ, बस जस्ता क्रियाको धातुबाहेक शब्दको अन्तिममा खुट्टा काटिने शब्दहरु तत्सम हुन्।
आर्थात, एवम्, स्वयम्, बृहत्, संसद्, आपत्, विपत्, स्वागतम्, पृथक्, आदि।
७) पूर्वीय धर्म ग्रन्थ, वेद, पुराण, महाभारत, रामायण, आदिबाट साभार गरिएका शब्दहरु तत्सम हुन्।
लंका, कौरभ, पाण्डव, रहु, केतु, राहुल, नक्षेत्र, राषी, रवीन।
Please Log In to ask your question.
Tatsam in chapter 12
ततसम