नेपाली खुल्ला पाठ्यपुस्तक परीक्षा
(१) 'वसुधैव कुटुम्बकम् को' संस्कृति स्थापना गर्नमा युवा पुस्ताको भूमिकामाथि प्रकाश पार्नुहोस्। {१०}(२) वैदिककालीन युगमा पनि गार्गी, मैत्रेयी जस्ता विदुषी नारीहरुले जुन अवसर र आत्मसम्मान पाएका थिए, ...
१. दिइएका वर्णहरुको उच्चारणस्थान र घोषत्व उल्लेख गर्नुहोस :(३)
ग, ब, ह।
२. शुद्ध गरी पनर्लेखन गर्नुहोस :(३)
उस सँग बसेर पढाईका बारेमा कुरा गरिनँ । उसका साथि को को छन भनेर कहिल्यै सोधखोज गरिनँ !
३. रेखाङ्कित पदहरुको शब्दवर्ग उल्लेख गर्नुहोस् : (२)
यो देशलाई हामीले नै माया गरेर, श्रम गरेर अनि बद्धि लगाएर मात्र विकासको शिखरमा पुऱ्याउन सक्छौं।
४. दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् : (२+२ =४)
क) दिइएको अनुच्छेदकबाट दुई दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
पानी पिउँदै गर्दा लगभग उदास र आर्द्र उसको स्वर मेरो कानमा गुन्ज्यो। उसले जसरी अँध्यारो मुखमुद्रामा बिनाभूमिका मलाई यो खबर सुनायो। सहसा मलाई लाग्यो गाउँमा सायद अब अङ्ग्रेजहरुको रोग सर्दैछ । डिभाइढ एन्ड रूल।
ख) दिइएका शब्दहरुलाई वर्णानुक्रममा मिलाएर लेख्ननुहोस् :
केरा, आँप, लिची, ओखर
५. दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्म | (३)
नव जीवन ढुङ्गा, माटो , खनिज , वायु , जलचर , स्थलचर र हाम्रा वरिपरिको सम्पूर्ण संरचनाको समग्रता नै वातावरण हो ।
अथवा
दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द, एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
कुचाले गर्ने काम बतासले गर्यो भनेझै हरिका सबै दुःखहरु गाउँले समाजसेवी दातारामले समाधान गर्दिसकेका थिए। आफ्ना सपना पूरा भएकोमा हरि एक्लै बसेर मुसुमुसु हाँसिरहेको थियो।
६. कुनै दुई प्रश्नको उत्तर दिनुहोस : (४)
क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रकिया देखाउनुहोस् । नेपाल प्राकृतिक विलक्षणका दृष्टिले सम्पन्न मुलुक हो । यसको चोहद्दीभित्र विशिष्ट भौगोलिक संरचना छ । जलस्रोत, जमिन , जलसम्पदा , जङ्गल दुर्लभ वन्यजन्तुहरु प्रशस्त छन् । प्रकृति प्रदत्त यस्ता वस्तुहरु नै नेपालका प्राकृतिक सम्पदा हुन् ।
ख) दिइएको अनुच्छेदबाट दुईओटा समस्त र दुईओटा द्वित्व शब्द पहिचान गरी समस्त
शब्दको विग्रह गर्नुहोस् र द्वित्व शब्दको दोहोरिएको अंश छुट्याउनुहोस् । सान्नानी र पीताम्बर आजभोलि गाउँको विकासमा दत्तचित्त भएर लागेका छन् । एकअर्कामा सरसहयोग र मरमद्धत गर्ने अनि सुखदुखमा साथ दिन उनीहरुको आनीबानीको छरछिमेकमा मुक्तकण्ठले प्रशंसा हुने गरेको छ ।
ग) अनुच्छेदबाट चारओटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस् ।
सदैव परोपकारमा लाग्ने व्यक्तिले प्रत्येक क्षण मानवोचित चिन्तन प्रकट गर्दछ । हिमालयका गणेश र महेशलाई मात्र हेर्दैन, उसले विद्यालय निर्माणजस्ता समाजोपयोगी कार्यमा पनि ध्यान पुयाउँछ ।
७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
क) दिइएको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्।
मेरो भाइ विद्यालय गयो। मेरी बहिनी पनि विद्यालय गई। भाइ सरासर कक्षामा पस्यो । बहिनी चाहिँ बाटामा साथीसँग कुरा गर्न थाली ।
ख) दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्।
मैले गाउँमा मेरो पुरानो साथीलाई भेटे । हामीले धेरैबेर कुरा गयौँ । साथीले आफ्नो प्रगतिको कथा सुनायो । उसको कथा सुनेर हामी दङ्ग पौँ ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
क) दिइएका वाक्यबाट उद्धेश्य र विधेय अनि उद्धेश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस् । उसकी बहिनी परीक्षा समितिमा बस्छिन् । आज बिहान हिँडेको मान्छे छिटै नै डोटी पुगेछ । गाउँमा तिम्रो पहिरन गजबको देखिन्छ । धेरै बेरपछि मनलाई दरोपारी ऊ आँगनतिर गई।
अथवा
दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् । मेरो बहिनी पोखराको मणिपाल कलेजमा डाक्टरी पढ्छ । मेरो भाइ चाहिँ सात कक्षामा पढ्छे । तपाई पोखरा जानु म पनि बहिनी भेट्न पोखरा जाँदै छ ।
ख) दिइएका वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्।
तिमी कहिल्यै नराम्रो बोल्दैनौ । पानी परेन र जाडो भएन । पृथ्वी गोलो छ । आज धेरै जाडो होला जस्तो छ ।
अथवा
दिइएका वाक्यलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस :
हरिले भन्यो “म आज विद्यालय आउन पाउँदिन ।
मलाई तीन दिन बस्न राजनले आग्रह गर्यो।
मैले उसलाई धन्यवाद दिएँ । मैले भने , उसले परीक्षामा राम्रो गरोस् ।
९) दुवै प्रश्नको उत्तर दिनुहोस् । (४+४=८)
क) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् । विहङ्गम दृष्टिले विचार गर्दा सम्पूर्ण पृथ्वी एउटा घर हो । यहाँ जल, स्थल, वायु, आकाश र तेज (प्रकाश) यी पाँच तत्व (पञ्चतत्व) का बिच जलचर, स्थलचर, नभचर र सबै चराचर आफ्नो जीवन विताउँछन् । पृथ्वीलाई छोडेर अन्य ग्रहमा जीवात्माको अस्तित्व भेटिएको छैन । त्यसैले हामी सबैले यहीँ बाँच्नुपर्छ, यहीं मर्नुपर्छ । यो सिवाय अरु जाने ठाउँ छैन । पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौ भने हानै अस्तित्व सङ्कटमा पर्छ । आलका दिनमा जलवायु परिव का विषयमा विशेष गरेर वायुमण्डल प्रदूषणका कारण पृथ्वी सतह अप्रत्यासित ढङ्गले तात्नेक्रमलाई लिएर विशेष चिन्ता र चासो हाम्रो सामु तेर्सिएको छ ।
प्रश्नहरु
अ. पृथ्वीलाई साझा घर किन भनिएको हो ?
आ. पञ्चतत्व भनेका कुनकुन हुन् ?
इ. के गर्दा हाम्रो अस्तित्व सङ्कटमा पर्छ ?
ई. विश्वमा किन चासो र चिन्ता बढेको छ ?
ख) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।
प्राकृतिक प्रकोप भन्नाले बाढी, पहिरो, वर्षा, खडेरी, हिमपात, हुरीबतासजस्ता कुराहरु पर्दछन् । प्राकृतिक प्रकोपको ख्याल नगर्ने हो भने यसले धनजनको विनाश गरी मानव जीवनलाई तहसनहस बनाउँछ । नेपालको सन्दर्भमा प्राकृतिक प्रकोपमा सबैभन्दा बढी जनमानसमा दुःख दिने बाढिपहिरो एक हो । यस्तो बाढी पहिरोलाई न्यूनीकरण गर्न बाढी आउने ठाउँमा वृक्षारोपण गर्नुपर्दछ । खोलाका किनारमा तटबन्ध बाँध्नुपर्दछ । बनजङ्गगलको संरक्षण गर्नुपर्दछ । खोला किनारबाट अत्यधिक वालुवा, गिटी निकाल्नु हुँदैन । पहिरो जाने ठाउँमा पानीको निकास छोड्नुहुँदैन । पहिरो जाने क्षेत्रमा वर्षाको समयमा खेतीपाती पनि गर्नुहुँदैन । खेतीपातीले गर्दा माटो कमलो भई पहिरो जाने भन्बढी संभावना रहन्छ । अत्यधिक जनसंख्या वृद्धि, वातावरणीय सन्तुलनको अभावमा अत्यधिक वर्षा तथा खडेरी पर्न सक्छ । यस विषयमा हामी मानवले सजग र सचेत भएर सोच्न जरुरी छ।
प्रश्नहरु : (सही उत्तरमा रेजा (V) लगाउनुहोस् :
क) मानिसले चाहेमा प्राकृतिक प्रकोपलाई के गर्न सक्छ ?
अ) वशमा राख्न आ) न्यूनीकरण गर्न इ) वेवास्ता गर्न ई) लेखाजोखा गर्न
ख) तटबन्ध भनेको के हो ?
अ) खोला छेक्ने काम इ) खोलालाई फर्काउने काम आ) वृक्षारोपण गर्ने काम ई) खोला किनारमा पर्खाल लगाउने काम
ग) खोला किनारबाट मानिसले के निकाल्नु हुँदैन ?
अ) बोटविरुवा आ) पैनी वा नहर इ) पानीको निकास ई) वालुवा,गिटी
घ) अत्यधिक वर्षा भनेको के हो ?
अ) अतिवृष्टि आ) अनावृष्टि इ) खण्डवृष्टि ई) अल्पवृष्टि
१०. दिइएको अनुच्छेदबाट चारओटा बुंदा टिपी एक तृतीयांशमा सारांश गर्नुहोस् । (२+२=४)
विगत हाम्रो अनुभव हो, वर्तमान यथार्थ हो, भविष्य कल्पना हो । आफ्नो परम्परालाई संरक्षण गर्दै भावी पुस्ताका लागि जीवन्त राख्नु वर्तमानको कर्तव्य हो । पुर्खाको विगत, हाम्रो वर्तमानको व्यवहार नै भोलि सन्ततिको साँस्कृतिक धरोहर बन्ने छ । जन्मदिने बाबुआमालाई मातृदेवोभव : , पितृदेवो भव : , शिक्षा दिने गुरुलाई आचार्यदेवो भव :, प्राणरक्षा गर्ने बनस्पतिलाई वनस्पतिदेवो भव: भनेर देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो । छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिनु आजको पहिलो आवश्यकता हो । सन्तानलाई सम्पत्ति नदिए केही समयसम्म मात्र रुन्छ तर संस्कार दिन सकिएन भने जिन्दगीभरि रोइरहन्छ । हामीले अरुको देखासिकी नगरी आफ्नो संस्कार र संस्कृतिको निरन्तर संरक्षण गर्नुपर्छ । निरन्तर बगिरहेको पानीले कठोर ढुङ्गा काटेर विभिन्न आकार बनाइदिन्छ । हामी आफूले आफैलाई पूजा गरेर आत्मपूजाको नमुना प्रस्तुत गछौं । आफूभित्रको म तत्वलाई नियन्त्रित गरेर परोपकारी बन्न हामीमरेतुल्य हुन्छौं । त्यसैले हामीले सभ्य, दयालु, परोपकारी बनी हाम्रो संस्कार र संस्कृतिको रक्षा गरौं।
११. कुनै एक प्रश्नको उत्तर दिनुहोस ।(४)