नेपाली परीक्षा पत्र ~ २०७८
१. दिइएका वर्णहरुको उच्चारणस्थान र घोषत्व उल्लेख गर्नुहोस :(३)ग, ब, ह।२. शुद्ध गरी पनर्लेखन गर्नुहोस :(३)उस सँग बसेर पढाईका बारेमा कुरा गरिनँ । उसका साथि को को छन भनेर कहिल्यै सोधखोज गरिनँ !३. रेखा...
(१) 'वसुधैव कुटुम्बकम् को' संस्कृति स्थापना गर्नमा युवा पुस्ताको भूमिकामाथि प्रकाश पार्नुहोस्। {१०}
(२) वैदिककालीन युगमा पनि गार्गी, मैत्रेयी जस्ता विदुषी नारीहरुले जुन अवसर र आत्मसम्मान पाएका थिए, एक्काइसौँ शताब्दीमा निर्मला पन्त, भागीरथी भट्ट जस्ता महिलाहरुले आत्मसम्मान त टाढाको कुरा न्यायसमेत पाउन नसक्नुमा मुख्य जिम्मेवार पक्षको भूमिका केलाउँदै उपयुक्त सुझावहरु प्रस्तुत गर्नुहोस् । {१०}
(३) आफूले पढेको कुनै पाठलाई सत्यम्, शिवम् सुन्दरम्को अवधारणाको आधारमा विशलेषण गर्नुहोस्। {१०}
(४) “योग चिन्तन हो, ज्ञान हो, मनको एकाग्रता हो र आन्तरिक उर्जाको अपूर्व स्रोत हुनुको साथै समाधितर्फको यात्रा हो।” पुष्टि गर्नुहोस् । {१०}
(५) मृत्यु नजिकैबाट यात्रा गरिरहेको छ, सरकार संवेदनाशून्य जस्तै भएर आम जनताको असह्य पीडादेखि वेखबर छ । यस्तो अवस्थामा कोभिड महामारीले पारेको असर र समाधानका बारेमा स्थानीय तहका पदाधिकारीहरुसंग लिइने अन्तर्वार्ता तयार गर्नुहोस् । {१०}
सफलताको शुभकामना ।