7 Nepali -- आमाको सपना

ask mattrab Visit www.askmattrab.com for more academic resources.

हर्क बहादुर

कविको परिचय:

दिनेश अधिकारी (जन्म : वि. सं। २०१६) नेपाली साहित्यका प्रशिद्व कवि तथा गीतकार हुन् । उनका अन्तरका छिटाहरु , धर्तिको गीत, इन्द्रजात्र, आतिरिक्त अभिलेख , आदिम आवाज ,मान र मोडहरु , सिमान्त सपना आदि कृतिहरु प्रकाशित छन् । उनी समाजिक समस्यालाई विषय बनाई घतलाग्दा कविता रच्ने कवि हुन् । उनका सिर्जनामा मनावतावाद र राष्ट्रयताको भावधारा पनि पाइन्छ ।' हर्कबहादुर ' हाम्रो राष्ट्रय समस्यालाई विषय बनाई लेखिएको चर्चित कविता हो ।

सामयिक यथार्थलाई कविताको मूल विषय बनाई लेखिएको हर्कबहादुर कवितामा वर्गीय असमानता, विभेद आर्थिक विषमता, अशिक्षा जस्ता जटिलताले नेपाली जीवन कष्टकर भएको र नेपालीको वेदना र दुःखको अन्त्य गरिदिनु पर्ने विचार कवितामा व्यक्त गरिएको छ l दरिद्रता, आर्थिक विषमता, दयनीय आवस्था, अभावग्रस्त जीवनशैली, जीवनको हरेक बाटोमा दँलिदै पेँलिदै जीवन बाँच्न विवश भएका नेपाली दाजुभाईलाई हर्कबहादुर पात्रले यस कवितामा प्रतिनिधित्व गरेको छl

आम नेपालीको प्रतिनिधि पात्र हर्कबहादुर दु:ख, बेदना र पिडाको पुञ्जको रुपमा कवितामा प्रस्तुत भएको छ l

नेपाली समाजमा निम्नवर्गीय व्यक्तिलाई हेपाह प्रवित्तीले लिने मानसिकतालाई प्रस्तुत गर्दै कविले यस कवितामा हर्कबहादुरलाई दाउरे,काले, चाउरे भनि नामाकरण गरेका छन् l आफ्नो सक्कली नाम सुन्न पनि सराध्ये पर्खनुपर्ने व्यक्ति रुपमा हर्कबहादुर प्रस्तुत भएको छ l अर्जुनभन्दा कम पौरखी नभएको हर्कबहादुर बिहानै देखि लिएर साँझसम्म माटो मै जीवन बिताउँदा पनि गाँस बास र कपासको अभाबले जीवन कष्टकर भएको कविले प्रस्तुत गरेका छन् l सोझा र सरल नेपालीलाई मीठा भाषणले अल्झ्याएर निम्न वर्गीय नेपालीका ढाडलाई कुल्चिएर अगाडी बढेको हाम्रो सामाजिक, राजनैतिक विसंगत परिवेशले गरिब जनताका जीवनमा कुनै परिवर्तन नआएको यथार्थता कवितामा पाइन्छ l एकसरो लुगा टास्न नपाएको शरीरले नेताको आम सभा चुनावमा झंडे झण्डाले सजिएका देख्दाखेरी उसको आँखा रसौँदछ ; आफ्नो फुटेका छाला हेर्छ र भाषणमा सजिएका झण्डा हेर्छ l

मनमा कोलुम्बुस झैँ  संसारभरी भ्रमणगरि  झण्डाहरु ल्याएर लुगा सिलाए सबैलाई एक सरो  कछाड, मजेत्रो पुग्ने विश्वास हर्कबहादुरको छ l साँच्चै झन्डा मानिसको परिचय होइन l मानिस स्वयंमा परिचित इतिहास हुन्छ: मानिस  स्वयंमा परिलक्षित आकाश हुन्छ l

हर्क बहादुरले कुनै सुखको भोग मागेको छैन l त्यस्ता सुख त सायद हातहतियार छाड्ने कलकारखानाले भोग्छ, योजनाकारले भोग्छ, साइरनले भोग्छ; बहादुरले त केबल महिषासुर रुपी नेताको झापड मात्र भोगेको छ l बहादुरले भोग मागेको छैन हर्कबहादुरले बन्दुक बोक्ने हातलाई एउटा कोदाली दिनुपर्छ भन्ने स्वच्छ सोच राखेको छ l हर्कबहादुर भोक हो l भोकको देश र भेष पनि हुँदैन lभोक यदि देश हो भने हर्क बहादुर भन्दा सुकिलो अर्को देश हुनै सक्तैन l हर्कबहादुर शोक हो l शोक यदि देश हो भने हर्कबहादुर भन्दा ठूलो अर्को देश हुनै सक्तैन कविले कबिताद्वारा भावुक बनाएका छन् l  गरिवी, अभावग्रस्त विवस्ताको कारणले नेपाली जनता विश्व समय सापेक्ष हुन नसकेको वास्तविक चित्र कवितामा भेटिन्छ l निरन्तर रुपमा काममा घोटियिरहेका गाँस, बाँस र कपाशबाट वान्चीत नेपाली जनतालाई झन्डा, भाषण, समारोह होइन, लुगा, अन्न दिनुपर्ने विचार कवितामा पाइन्छ l

Discussions

Close Open App