छिमेकी
कथाकार परिचय: गुरुप्रसाद मैनाली (१९५७ - २०२८) आधुनिक नेपाली कथाकार हुन्। उनको नासो कथासङ्ग्रह प्रकाशित छ र यसमा एघारवटा कथाहरु सङ्कलित छन्। उनि समाजमा घट्न सक्ने घटनाहरुलाइ टिपी कथाको सिर्जना गर्...
गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा कथा लेख्न सामाजिक कथाकार हुन् | छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले ज्यामिरे गाउँको हराभरा खेत , पानी ल्याउने कुलो , साहुको हिउदें पसल , थकान मेटाउने चौतारी आदिको सचित्र वयान गरेका छन् |
चौतारीमा आसरको बेलामा थाकेका खेतालाहरु कोही घुम बुन्दैछन् | कोही सोतेमा राखेर कक्कड़ खादैनछन् | यहीं रमाइलो परिवेशमा गुमनेको गोरुले धनजितेको विउ खाईदिन्छ | धर्मानन्द पाध्ये जस्ता गाउँका बुज्रुक भनाउंदा अर्कालाई उक्साएर तमासा देखाउने अबसरमा जुटछन् | उनकै उक्सावटमा गुमाने र धनजितेका बीच लठारो पर्छ | पछि बाटामा भेट हुदाँ पनि तर्किएर हिड्न थाल्छन् | गाउँमा आठेंको महामारी फैलिदा गुमानेले जान्ने बसाउछ | गाउँका सबै आउछन् तर करेसो जोडिएको धनजिते आउदैन | आंठे रोगले धनजिते र उसकी स्वस्नीलाई समाएपछि पहिला त शत्रुको मुख के हेर्नु भनेर गुमानेले वास्ता गरेन | पछि छिमेकीको महत्त्व बुझेर उसले धनजितेको सेवा गर्न थाल्यो | आशामरु साहु गुमानेलाई बर्खे मालताल लिन सहर जा भन्न आयो | गुमाने पैसाको लागी आत्मा बेच्ने निच हैन भन्दै गएन | बिरामीबाट उठेपछि गुमाने र धनजिते घनिष्ट मित्रका रुपमा देखा परे | यी किसानहरु पैसाको लोभ, लालच र मोहबाट परै रहेका इमान्दार , भोलाभाला सज्ज़न देखिन्छन् |
छिमेकी आदर्शौन्मुख येथार्थबादी कथा हो |