7 Nepali -- Every Morning I Wake

प्रश्न: नेपाली समाजमा वर्तमान समयमा महिलामाथि हुने गरेको विभेदको अवस्था कस्तो देख्नुहुन्छ? पुरुष वा  आइमाई साथी  बनाउने कुराले यस्ता विभेद न्यूनीकरणमा के-कस्ता भूमिका खेलेको हुन्छ?

प्रश्न: नेपाली समाजमा वर्तमान समयमा महिलामाथि हुने गरेको विभेदको अवस्था कस्तो देख्नुहुन्छ? पुरुष वा  आइमाई साथी  बनाउने कुराले यस्ता विभेद न्यूनीकरणमा के-कस्ता भूमिका खेलेको हुन्छ?

उत्तर: ‘आइमाई साथी ‘ श्यामप्रसाद शर्माद्वारा  लिखित उत्कृष्ट निबन्ध  हो| श्यामप्रसाद शर्मा प्रगतिशिल साहित्यकार हुन्| उनी सामाजिक शोषण, उत्पिडन,  कुरिती, रुढीबादी, अन्धविश्वास विरुद्ध कलम चलाउने सशक्त निबन्धकार हुन्| लैङ्गिक विभेदको अन्त्य होस् भन्ने र स्त्री- पुरुष दुबैलाई समान अधिकार र अवसर प्राप्त होस् भन्ने  धारणा हरेक नेपालीको  हृदय र मस्तिष्कमा रहोस् भनेर  उनले यस निबन्ध लेखेका हुन्| र उनको यस निबन्ध रचनाको अर्को मूल उद्देश्य भने महिला र पुरुषको मैत्री सम्बन्धमा कालो पर्खाललाई जरै सँग उखेलेर  फाल्नु पनि हो|


उनिले यो निबन्ध लेखिएको छ दशकभन्दा बढी भइसकेको छ तर अहिलेसम्म पनि पुरुष र महिला बीचको विभेद समाजमा जरैबाट हराएको भने छैन| पहिलाको समयभन्दा अहिले महिलाहरुले तुलना गर्ने हो भने सबै क्षेत्रमा अधिकार अवसरहरु  पाएका  छन्| तर कतिपय ठाउँहरुमा महिलाहरूको अधिकार र अवसरहरूको हरण गरेको पाइन्छ| हामी सबैलाई पूर्ण विश्वास छ कि शैक्षिक क्षेत्रको विकासले यस्ता विभेदहरु हटाउन सहयोग गर्नसक्छ तर शिक्षाको अवसर नपाउने ठाउँहरुमा यसलाई विभेदले लाखौं महिलाहरूको जीवनमा असर पारेका   छन्| नारी नै नारी को विपक्षमा रहेको हाम्रो यस समाजमा यदि पुरुष र महिलाको मित्रता हुने हो भने यस्ता विभेदहरु हटाउन धेरै सजिलो हुन्छ किनभने हाम्रो समाजमा पहिले बाटै पुरुषले महिलालाई  होच्यौन्दै आएका छन् र यदि पुरुषहरु नै महिलालाई सम्मान गर्न थाले भने महिलाहरुले आफ्ना अधिकार र अवसर प्राप्त गर्न धेरै सजिलो हुन्छ| हाम्रो जीवनमा हेर्ने हो भने हाम्रो  घरको उच्च   स्थान बुवालाई दिने गरिन्छ| एक हिसाबले हेर्ने हो भने यसमा पनि विभेद देखिन्छ तर हामीले केही  कुराको माग आमालाई गर्दा उहाँले बुवाको अनुमति लिनु  भन्नुहुन्छ| यसलाई नै लिने हो भने यदि समाजमा पुरुष र महिलाको मित्रता स्वच्छ रुपमा हुने हो भने महिला र पुरुषको अधिकार अवसर बीचको विभेदका  कुराहरु अन्त्य  हुन्छ| हुन ता पहिलाभन्दा हालको समयमा महिलाहरुमा अमूल परिवर्तन आइसकेको छ   तर पनि अझै नारीहरु पुरुषसँग बोल्न हच्किने कतै कतै अझै पाइन्छ| नेपाली समाजका केही ठाउँमा अझै पनि मानिसको घरबाट  छाउ हटेपनि मनबाट छाउपडी  प्रथा  भने हटेको छैन| जसरी एउटा मित्रले अर्को मित्रको समस्या  बुझ्छ , उसलाई समस्याको समाधान दिन्छ, उसलाई सहयोग गर्छ| यदि पुरुष र महिलाबीच मित्रता हुने हो भने यस्ता कुप्रथा नेपालको कुना  कुनाबाट हट्छ| अझै पनि हाम्रो विचारमा नारीलाई कमजोर नै ठान्ने  गर्छौं जुन कतापी  ठीक होइन |यदि  पुरुष र महिला  साथी हुनेहो भए नारीहरुको  मनस्थिति बुझ्न सजिलो हुन्छ जसले गर्दा हाम्रो समाजको विकासमा नारीहरूको भूमिका बुझ्छौं|

नारी अम्बे हो जगदम्बे हो | नारी माथि भइरहेको विभेदहरु हटाउने  नै हो भने शिक्षाको साथसाथै स्त्री ,पुरुषको  पनि राम्रो सम्बन्ध हुनुपर्छ| नारीले पुरुष माथि विश्वास गर्न सक्ने समाज बनाउनुपर्छ|  नारीहरूको अधिकार प्रगतिको लागि पुरुषको पनि उत्तिकै आवाज उठाउनुपर्छ| स्त्री- पुरुषको सम्बन्धलाई   कुदृष्टिले हेर्ने काम बन्द गर्नुपर्छ| पुरुष र आइमाईको   बिच स्वच्छ मित्रताको भावना रह्यो भने महिलामाथि हुने सारा विभेदको अन्त्य  हुनेछ रयो जस्तो राम्रो उपाय यस्ता विभेद न्यूनीकरणमा अरु केहि हुन सक्दैन| 

Close Open App