7 Nepali -- Pastpapers

ask mattrab Visit www.askmattrab.com for more academic resources.

बौलाहा काजीको सपना

नाटककार परिचय

विजय मल्ल ( वि सं १९८२ - २०५६ ) सामाजिक यथार्थवादी, मनोवैज्ञानिक साहित्यकार हुन्।  उनले निकै गहकिला मार्मिक किसिमका कविता, कथा, उपन्यास नाटक रचेका छन्। उनी समाजका  निमुखा, निर्धन एवं गरिबी अन्याय अत्याचारका चपेटामा परेकाहरुलाई तिनका दु:खदर्दबाट मुक्ति दिलाई स्वस्थ, गतिशील, समतामूलक एवं समृद्ध समाजको निर्माण गरी संसारलाई सुखी सम्पन्न तुल्याउनुपर्छ भन्ने भावना व्यक्त गर्ने प्रयोगवादी नाटककार हुन्। मान्छेका विविध मनोदशा केलाउने, वौद्धिकता नयाँ नयाँ प्रयोगका लागी उनका कृतीहरु चिनिन्छन।  नेपाली साहित्यको इतिहासमा योगदान पुर्याउने कार्यमा शारदा (१९९१पत्रिकाको सञ्चालन प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको २००४ सालमा मञ्चन भएको उनको  पहिलो  पूर्णाङ्की नाटक बहुलाकाजीको सपना हो

नाटकका पात्रहरु


= बहुला काजी

    यस नाटकको महत्वपूर्ण  प्रमुख चरित्र पात्र बहुला काजी हो उसले संसार परिवर्तन गर्ने मिठो सपना देखेको दिन दुःखीहरुको सेवा गर्ने विरामीलाई औषधोपचार गराउने, अनपढलाई पढाउने व्यवस्था गर्ने, मृतकलाई घाटमा पुर्याउने समाजसेवी एवं मानवीय गुण सम्पन्न असल पात्र हो नाटककारले यस पात्रको माध्यमबाट नै समाजको विसंगति विरुद्ध बोलेका छन्।  यस नाटक मन्चन गर्ने समयमा नेपालमा राणा शासन भएकाले नाटककारले यस पात्रलाई "बहुला" दर्जा दिएका छन्।


= विरे

विरबहादुरका नामले पनि चिनिने वीरे यस नाटकको अर्को महत्वपूर्ण पात्र हो देशको सामाजिक अव्यवस्था तथा विश्व राजनीतिका विषयमा  गहिरो चिन्तन गर्ने, हृदयमा क्रान्तिको चिराग बालेर समाजलाई उज्यालो छर्न  चाहने होनहार विद्यार्थी असल पात्र हो नाताले भक्तेको छोरा हो।


= भक्ते  

भक्ते यस नाटको प्रौढ पात्र हो आर्थिक स्थिति कमजोर भएका कारण उसले अर्काको भारी बोकेर जीविको पार्जन गरेको अलि एकलकाटेँ स्वभावको रिसाहा झगड्या भए पनि परिवर्तनको विचार बोकेको असल पात्र हो


) माने  

माने भक्तेको साथी हो उमेर ढल्किदै गएको साधारण जीवन विताउन विवश भएको यो पात्र भारी बोकेर कमाएको ज्याले मजदुरीले गुजारा चलाउने, केटाकेटीलाई माया गर्ने, साथीलाई आपद् पर्दा सहयोग पुर्याउने मानवीय व्यवहार भएको असल साथी पात्र हुन्


) विक्रम, भरत  

विक्रम, भरत विरेका स्कुलका साथी हुन् उनीहरु अरुको खिल्ली उढाउने, हेप्ने, पढेर व्यवहारमा उतार्न  असफल, गरिबको मजाक बनाउने खराब पात्र हुन्


) राम, बद्री

विरेका स्कुलका साथीहरु हुन् उनीहरुले विरेका दुःखमा साथ दिएका छन् बिरे सँगै परिवर्तनको लागि साथ दिने असल विचार भएको असल साथी हुन्



यी बाहेक नाटकमा विद्यालयका शिक्षकहरु मास्टर   सेकेण्ड पण्डित", एक सहरिया साहु धनमान विरेका अन्य विद्यालयका साथीहरु लगायतका पात्रहरु छन्।  




नाटकमा भएका घटनाक्रमका संक्षिप्त विवरण


पहिलो अंक


·        भक्ते को घरको छिंडी


·        मानेको प्रवेश


·        छोरा बिरेलाई पिट्दै भक्तेको प्रवेश


·        छोराले गाउँमा माग्न गएको गुण्डाको पछि लागेको भनि स्वाभिमानको कुरा गर्दै भक्तेले छोरा पिट्नु


·        बच्चा हो, चहाना हुन्छ, माफ गरिदिनु भनेर मानेले भन्नु


·        बौलाहा काजी को प्रवेश


·        काजीले आदर्शवादी कुरा गर्नु, समाजलाई बराबरीमा ल्याउने, सबैलाई बराबर सुखी बनाउने काजीको सपना


·        काजीले शिक्षा महत्त्वपूर्ण भन्दै बिरेलाई पढाउने कुरा गर्नु


 


दोस्रो अंक


·        पाठशालाको कक्षा, कक्षामा बिरे उसका साथीहरु


·        बिरे झुत्रे, फोहोरी भएकोले उसका साथीहरुले उसलाई हेप्नु


·        बद्री रामले मात्र बिरेप्रती सहानुभूति जनाउनु


·        मास्टर आएर सबैलाई हप्काउनु बिरेलाई सम्झाउनु


 

तेस्रो अंक

·        स्कुलको बाहिरी बाटो, पेटी

·        भक्ते छोराको स्कुल जानु

·        स्कुलका मास्टरले उसको छोरा बिरे पढाइमा एकदमै तेज, अरु भन्दा जान्ने उसको भविष्य उज्जवल रहेको भनि भन्नु

·        भक्ते आफ्नो छोराको प्रशंसा सुनी खुशी हुनु,

·        बिरे, राम बद्री बिज स्वाधीनता, समानता, भ्रातृत्वको विषयमा छलफल हुनु

 

चौथो अंक

·        भक्तेको घर

·        बिरे बिरामी

·        माने आउनु बिरे उसको बिरामको कुरा गर्नु

·        खान, लाउन, औषधी डाक्टरको लागी पैसाको अभाव भन्ने कुरा भक्तेले जिकिर गर्नु

·        मानेले छु भनि आश्वाशन दिनु

·        बिरेको साथि बद्री राम आउनु बिरेलाई भेट्नु

·        बिरेको अवस्था देखि उनीहरु अचम्मित पर्नु

·        बद्रीले आफूसँग थोरै पैसा बिरेलाई दिनु

·        बिरेले आफ्नो गरिबी को पिडा पोख्नु

 

पाँचौं अंक


 ·        भक्तेको घर, बिरेलाई एकदम साह्रो भैरहेको

·        घरमा माने, भक्ते, बद्री पनि हुनु

·        घरमा रुवावासी

·        बिरे बेहोस हुनु यत्तिकैमा सबैको अघि उसको मृत्यु हुनु,

·        बौलाहा काजीको प्रवेश

·        गरिबीले एक कुशल व्यक्तिलाई मारेको भन्ने जिकिर

·        काजीले पुन: गरिबी हटाउने सपना देख्ने लगायतका कुरा गर्नु

·        नाटकको अन्त्य      

 

धारणा



पाँच अंकमा विभाजित भएको यस "बौलाहा काजीको सपना" नाटकमा राणाकालीन नेपाली समाजको गरिबी असुरक्षा समानताको कहाली लाग्दो अवस्थाको चित्रण गरिएको . आदर्श यथार्थताको सन्देश संयोजन भएको यस नाटकमा शिक्षा, गरिबी, सोचाइमा परिवर्तन नआएको उपचार नपाई अकालमा मर्नुपरेको बिरे जस्ताको बाध्यात्मक स्थिति देखाइएको . सामाजिक आर्थिक समस्या देखाउँदै शिक्षामा जोड दिने उदेश्यले नाटक संरचना भएको बुझिन्छ। करुणा, विवशता, प्रेरणा   विररसको मार्मिक संयोजन भएको यस नाटकमा असमानता दरिद्रता क्रूर प्रवृतिलाइ पूर्ण रुपमा नष्ट  गरेर सुख सम्पन्न समाजको निर्माण गर्ने मूल उदेश्य रहेको पाइन्छ . एउटा सबल स्वस्थ सामाजको निर्माण गर्ने "बौलाहा काजी" बाट नाटककारले नाटकको संदेश व्यक्त गरेका छन् . तत्कालिन समाजमा अर्धपागल मानिए पनि जनमुखी सचेत परिवर्तनशील काजी पात्रको माध्यमबाट नाटकमा मानवीय सदाचारको पाठ सिकाइएको . समानता स्वाधिनता मातृत्वको भावनामा अभिब्रिदी गरि शिक्षाको महत्वलाई जोड दिनु नै नाटकको मूल भाव हो . शिक्षा बिना देश विकास सम्भव नभएकोले अपेक्षित ठानिएका बिरे जस्ता व्यक्तिले पनि पढ्न पाउनुपर्ने दरिलो आवाज नाटकमा व्यक्त भएको . अधिकारको लागि क्रान्तिकारी सन्देश भविष्य प्रति आशावादी सोच, तत्कालिन अनुदारवादी राजनैतिक व्यक्तीलाई बौलाहा भनिने शाषकिय मानाशिकता जस्ता नाटकका उल्लेखनीय पक्ष हुन् . गरिब, अशिक्षा असमानताले ग्रस्त नेपाली समाजको यथार्थ प्रस्तुत गर्दै गरीबीबाट उन्मुक्ति पाउन मृत्यु वरण गर्नुपर्ने बिरे जस्ताको विवशता  देखाउनु पनि नाटकको मूल भाव हो . गरिवी निवारण, सामाजिक न्यायका लागि संघर्ष गरिनुपर्ने जागरुकता परिवर्तनको चाहना आवश्यकता पनि नाटकको मूल भाव हो . गरीब दुखिहरु प्रति सहयोगका हातहरु बढाउनुपर्ने, बिरामीले औषधी पाउनुपर्ने, अशिक्षितले शिक्षा पाउनुपर्ने जस्ता सकारात्मक विचार सहित तत्कालिन सामाजिक दुरावस्थालाई देखाउनु पनि नाटकको उदेश्य देखिन्छ .  यसरी सामाजिक असमानता अशिक्षा, आर्थिक अभाव हटाउँदै खुसी सम्पन्न समाजको निर्माण गर्ने उद्देशय बोकेको  नाटकमा आधिकार मागेर होइन खोसेर लिनुपर्छ भन्ने धारणा व्यक्त भएको देखिन्छ













Discussions

Close Open App