18 Trivia -- Art

ask mattrab Visit www.askmattrab.com for more academic resources.

ऊ त्यो बन्द कोठीमा मेरो आमा

ए शान्तिका प्रतीक परेवा !कुनै दिन तिमीलेशान्तिका अग्रदूत गौतम बुद्ध जन्मेकोहाम्रो सुन्दर यो देश नेपालमाशान्ति ल्याउन सक्छौं भन्ने विश्वासमाम नदीभित्र डुबुल्किरहेछुराष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सम्झेरआँखाबाट आँसु झार्दैडाको छाडी म रोइरहेको छु ।
किनकि हिजोआज म देख्छु चिसो सगरमाथामाकठ्याङ्ग्रिएर फरफराउन बाध्यमेरो झण्डा झैँवसन्तको खोजिमा भौँतारिइरहेकोएक नाङ्गो रूख हेर्दैअधुरो सपना बुनिरहिछन्ऊ त्यो बन्द कोठीमाथुनिएकी मेरी आमा।
म देख्छुकोइलीको मधुर आवाजसँगैमयूरको नाच रच्दैन्याउलीको करुण रोदनको साथरुँदै चिच्याउँदैविरक्तिरहेकी छन्मेरि आमा।
म देखछु ऊ त्यो बन्द कोठीमाथुनिएकी मेरीआमाउषाको लालीले चुम्दैन उनलाईजुनेली रातले छुँदैन उनलाईएक निष्पट्ट अन्धकारभित्र पिञ्जरामा पिल्सिएकी चरीझैँवेदना र तपतप आँसुको भेलमाडुब्दै, तैरिँदैअस्मिता दाउमा लगाइरहेकी छन्ऊ त्यो बन्द कोठीमाथुनिएकी मेरी आमा ।।
म देख्छुएक मुठी आशाएक अञ्जुली कुन्ठा बोकेरहरेक बिहान मेरो आमाआफूलाई ऐनामा हेर्नु हुन्छ ।र देख्नु हुन्छ शालिन, शौम्य र सुकोमल उस्तै रूपर उस्तै भक्कारि हुन्छ देब्रे छातिमा हात लगाएर।
म देख्छु सब बेकार ठान्नु हुन्छमलिन मुद्रामा हुनुहिन्छ मेरो आमा।
किनकि आफु देश बनेर देशको मुहारमा तेजाब फलाउनेहरूराष्ट्रवादको भाषण गर्न भ्याइरहेछन्स्वाभिमान र स्वाधीनताका दस्तावेजहरूमाटोको मृत्यु पर्खे जसरी बसेका छन् ।
म देख्छु पुंजीवादि र सामन्तवादी यहा आफ्नो पखेटा फिजाई रहेछन्अनेक नामका बाटाबाटभूमन्डलीकरण र उदारीकरणकोडम्फु बजाइ रहेछन्।
म देख्छु अनेक जीव निर्जिव चुसिरहेछन्लुट्नसम्म लुटिरहेछन्हरेक क्षण, पलमानिर्धन दुःखीमाथिआफ्ना कुदृष्टि फ्याँकिरहेछन्र याहा आज पुंजीवादि र सामन्तवादीका चरणमाकसैको गोडा गलेको छचौतारि विरक्त गफले चर्किएको छत कसैको जाडोगर्मि च्यातिएको भोटोले चलेको छ।
म देख्छु आज आमादेश एउटा चिहान घर बनिसक्योर हामी मरेका लाशहरु सरहछौँयहाँ जुनको उज्यालो मध्य रातमा खस्छसडक पेटीमा सुत्ने भोका नानीहरुको अनुहारमार सहरका घरहरुको भित्तामा चम्कन्छतिनका मलिन अनुहार लिएरयहि सहरमा हामी निसंकोच निदाइरहेका हुन्छौयो हाम्रो ईच्छा हैनएक कडा चुनौति र बाध्यता बनेको छ।
म देख्छुएउटी आमाको बीभत्स स्तनप्यासी नजरहरुसामु लिलामी भैरहेछआफ्नै भोको छोरोको पेट भर्नका निम्ति...।
म देख्छुुरातको गाढा नग्नतामा हराइरहेछ एउटी युवतीको चित्काजस्को च्यात्तिएको कपडा हेर्दैर्‍याल चुहाइरहेछन् बतासका चिसा छाँयाहरु.।
म देख्छुचिसो हिउँदे बिहानीमाअहिले शीतको सट्टा हरेकघाँसमा एउटा गरीबको आँशु भिख मागिरहेछजो,हरेक बिहानीप्रत्येक मानिसको खुट्टा समाएरएउटा चिसो आग्रह गरिरहन्छन्जीवनको लागि...।याचना गरिरहन्छन् ,बाँच्नकै लागिआज एउटी सानी बालिकाको आँखामा मरिरहेको कालो गाजलको शून्यतामायौटा जीवन मुर्छा परिसकेको छ...।
म देख्छु,प्रेमिकाको किशोर छातीमा बलजफ्ती-जबर्दस्ती नाचिरहेकाप्रेमीका कामुक हस्तरेखाहरुआज एउटा प्रेमको महिमा गुनगुनाइरहेछन्.।
म देख्छु,एउटा कमजोर बाबुको आँखा नझिम्कँदा-नझिम्काउँदैफुत्त भागिदिन्छ  एउटा निम्छरो साहस,त्यो निर्जीव आँखाबाटजो खोक्रोपनको रिक्त अस्तित्व बोकेरआफ्नो सन्तानकोआवश्यकतालाई एकफेर मिठो सलामी ठोकेरजिउँदै गाडिदिन्छ...।
.म देख्छु खुकुरीले मागेको कथित बलिदानको लागिरगतको रंग बेचिँदैछ भन्ने सुनेर होलाभटाभट गुराँसहरु आत्महत्या गरिरहेछन्।
मलाई डर छ म यो कुरा कसरी सुनाऊँती नयनलाईजसले उहिल्यै सिन्दुरको रंग बिर्सिसकी तरजसलाई प्रष्ट थाह छ रगतको रंग....।
म देख्छु,आकाशहरु एकअर्कासँग मुर्मुरिँदा-मुर्मरिँदै कुनबेला चन्द्र-सूर्य आँखैअघिबाट हराइसकेछन्...हरेकको आँखाबाट यसरी नैचन्द्र-सुर्य हराउने हो भनेएकदिन सपनाको आकाश केवलशून्य हुनेछ.....।
म चाहन्छुजब म ब्युझिऊँतब यी तमाम सपनाकेवल सपनामा मात्र सीमित रहून्..।.किनकिसपना जब मृत्युको रुपमा मेरो सामु आइपुग्नेछ,ममा यति साहस अब बाँकी हुनेछैन किम आफ्नो मुटुको शंख बजाएरआफ्नै सपनाको मलामी जाऊँ..।
तर याद रहोस यो सपना हैननेपाली यथार्थ हो,एक सच्चा देशप्रेमिले मात्र बुज्छ ।
Mohan Budha

Discussions

More notes on Art

Close Open App