रारा भ्रमण - सारांश

रारा भ्रमण (दैनिकी) : छोटो परिचय
१. दिनैपिच्छेका घटना वा दिनदिनै प्राप्त भएका तथ्य समेटिएको रचना नै दैनिकी हो,
२. 'रारा भ्रमण’ यात्रा संस्मरणको ढाँचामा लेखिएको छ,
३. यो यात्रा वर्णन मात्र नभई अनुभूतिहरु समेटिएको उत्कृष्ट रचना हो ।
'रारा भ्रमण’ पाठमा अभिव्यक्त विषयवस्तु :
१. यात्राको मूल विषयवस्तु रारा दह र त्यसको सुन्दरता रहेको,
२. कर्णाली प्रदेशमा पर्ने सिँजाको ऐतिहासिक महत्व दर्शाउनु, ( नेपाली भाषाको उद्गम भूमि, मार्सी धान उत्पादन हुने भूमि, दुई सय बर्ष पहिले खस राज्यको राजधानी ),
३. लेखकले कवि म.वी.वि. शाहको 'रारा कि अप्सरा ? 'कविता सम्झेर रारामा त शासकलाई समेत एकै नजरमा कवि बनाइदिन सक्ने जादु रहेको अनुभव गर्नु,
४. रारामा असब्ख्य जडीबुटीहरुका जरा, वनऔषधीहरुको अनुपम रसायन र सम्मिश्रण रहेकोले राराको पानी असाधारण हुनु,
५. देउडा गीत गाएर आगन्तुकहरुको सम्मान गरिने प्रचलनले सांस्कृतिक विविधताको महत्वलाई उजागर गर्नु,
६. संसारमा कतै नपाइने प्राकृतिक सुन्दरता रारामा पाइनु,
७. स्वर्गकी अप्सरा जस्तै सुन्दर रारा भौगोलिक विकटताले गर्दा ओझेलमा परेको तथ्य अप्रत्यक्ष रूपमा अभिव्यक्त,
८. रारा नेपाल र नेपालीहरुको प्राकृतिक धरोहर हो भन्ने सन्देश अभिव्यक्त ।
'रारा भ्रमण’ पाठमा मानवीकरण गरिएका सन्दर्भहरु:
प्रकृतिलाई मान्छेको रूपमा प्रस्तुत गर्नु नै मानवीकरण हो । पाठमा मानवीकरण गरिएका सन्दर्भहरु यस प्रकार छन् :
१. चिसो हिमाली जल बोकेर कर्णाली नदी तातो तराई झर्दै गरेको,
२. सिँजालाई हिमा नदीले अभिसिञ्चन गरी जीवनदान दिएकी,
३. जब्गलमा रुखका ठुटाहरु मान्छे झैँ धुमधुमती बसेका,
४. राराका बेताल लहरहरु बैँसले छचल्किनु र आगन्तुकसंग जिस्कँदै पिरती गाँस्न हतारिनु,
५. दिउँसो घाम र राती जूनले रारामा पौडी खेल्नु,
६. हरिया पहाडहरु तथा सैपाल, सिस्ने र कान्जिरोवा हिमालले रारामा हाम फाल्दै अपूर्व आनन्द लिनु,
७. वनस्पति र पहाडले रारालाई पहरा दिनु,
८. पर्यटक लठ्याउनका लागि रारा नानीले अनेक रूप फेर्नु ।