or

75 Social -- शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका

ask mattrab Visit www.askmattrab.com for more academic resources.

शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका

छोटो रुपकाे सूची 

अनुसन्धानको प्रस्तावना, प्रतिवेदन तथा लेखकस्थानामा शब्दवलीहरु पटकपटक दोहोरिन्छन् भने तिनीहरूको छोटो रुप  प्रयोग गर्न सकिन्छ I 

फाइदा : 

समयको वचत हुन्छ, 

लेखको लंबाई छोटो बनाउँछ,

लेखरचनाको बिषयवस्तु बुझ्न सजिलो हुन्छ I


प्रयोग गर्ने तरीका 

छोटो रुप को प्रयोग गर्दा पहिलोपटक र त्यसको पछाडि छोटो रुप राखिन्छ I जस्तै : परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र, निर्वाचन आयोग,  त्यसपछि भने छोटो रुपमा प्रयोग गरिन्छ I 

लामो खालका लेखरचना जस्तै अनुसन्धानको प्रस्तावना, प्रतिवेदन आदिमा छोटो सूची राख्नुपर्छ I यस्तो सूचीमा वर्णानुक्रमअनुसार छोटो र पुरा रुप राख्ने गरिन्छ I अंग्रेजी तथा नेपाली दुवै भाषामा छोटो रुप प्रयोग गरेको भए पहिला एउटा भाषाको सूची बनाइसकेपछि मात्र अर्को भाषाको छोटो रुपको सूची बनाउनु पर्छ I जस्तै : 

त्रि वि :   त्रिभुवन विश्वविद्यालय


प्राविधिक शब्दहरुको सूची 

अनुसन्धानको प्रस्तावना तथा प्रतिवेदनमा प्रयोग गरिएका प्राविधिक शब्दहरुको परिभाषा उल्लेख गर्नुपर्छ I यस्तै शब्दहरूको सूचीलाई साहित्य भित्र राख्न सकिन्छ अथवा छोटो रुप को सुची भन्दा पछाडि राख्नुपर्छ I

यसलाई glossary पनि भनिन्छ I यसलाई सूचीमा राख्न शब्द वा शब्दiवली र त्यसपछि परिभाषा राख्नुपर्छ I


Discussions

Close Open App