हामीलाई बोलाउँछन् हिमचुली

हामीलाई बोलाउंछन् हिमचुली राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित प्रतीकात्मक कविता हो । प्रकृतिकों मानवीकरण गरिएको छ | हमचुली कुनै मानिस होइनन, तिनीहरू बोल्दैनन् र बोलाउदैनन तर कवि मानवीय व्यवहारसँग हिमचुलीको व्यवहारलाई जोड्छन् । प्राकृतिक श्वेत सौन्दर्यको चर्चा गर्दै कविले तिनीहरूमा मानवीय मूल्य भरेका छन् ।उकालीको चिसोपानी र देउरालीका बिसौनीहरू हाम्रा लागि अमूल्य छन । गोठाल्नीहरूका गायन र गाईका चरन हाम्रा दैनिकी हुन् | हिमाल जडीबुटीको मुख्य केन्द्र पनि हो । कस्तुरी, चरा र पातालका हेराइ र घेराइले जीवनयात्राका प्रश्नहरूलाई बुभाउँछन् | टाकुराकों कुहिरो, लेक र बनबँसी छुने इन्द्रेणी, भेडा र चौंरीका चरनका मौलिक परम्परा छन् | बुकी, धुपी र डाँफेका आफ्नै महत्त्व र मौलिकता छन् | ओडारको बास, कस्तुरीको सुवास, पहरामा घन्किने छहराको ध्वनीले स्वर्णिम जीवनको आकाडक्षालाई साकार बनाउँछन् ।
छड्गाछुर, खगर, सामलतुमल, क्षणिक हेराइ र फेरि नफर्कने खालको यात्रा आफँँमा प्रतीक बनेर आएका छन् । शिखर यात्रामा निस्कँदा हिउँ बगेर बाटो रोकिने, सास फेर्न कठिन हुने र मुटु रोकिने समस्यालाई चिरेर अधि बढ्न नसके दीर्घ समयको योगदान खेर जान सक्ने खतरा पनि रहेको कविको आशय छ । जोखिमपूर्ण यात्रालाई ज्यानकों बाजी लगाएर भए पनि साकार बनाउनु पर्छ बढेका पाइलाहरू रोक्नु हुँदैन। हिमाल जसरी कहिल्यै 'झुक्दैन त्यसरी नै हामी पनि लक्ष्यमा नपुगी भुक्नु हुँदैन र हाम्रा रहरहरू पूरा नै हामी पनि लक्ष्यमा नपुगी 'झुक्नु हुँदैन र हाम्रा रहरहरू पूरा गर्नैपर्छ भन्ने कविको आग्रह छ।
हिमचुली कुनै मानिस होइनन्, तिनीहरू बोल्दैनन् र बोलाउँदैनन् तर कवि मानवीय व्यवहारसँग हिमचुलीको व्यवहारलाई जोड्छन् । प्राकृतिक श्वेत सौन्दर्यको चर्चा गर्दै कविले तिनीहरूमा मानवीय मूल्य भरेका छन् । उकालीको चिसो पानी र देउरालीका बिसौनीहरू हाम्रा लागि अमूल्य छन् । गोठाल्नीहरूका गायन र गाईका चरन हाम्रा दैनिकी हुन् । शिखर यात्रामा निस्कँदा हिउँ बगेर बाटो रोकिने, सास फेर्न कठिन हुने र मुटु रोकिने समस्यालाई चिरेर अधि बढ्न नसके दीर्घ समयको योगदान खेर जान सक्ने खतरा पनि रहेको कविको आशय छ । जोखिमपूर्ण यात्रालाई ज्यानको बाजी लगाएर भए पनि साकार बनाउनु पर्छ। बढेका पाइलाहरू रोक्नु हुँदैन । हिमाल जसरी कहिल्यै भुक्दैन त्यसरी नै हामी पनि लक्ष्यमा नपुगी झुक्नु हुँदैन र हाम्रा रहरहरू पूरा गर्नैपर्छ भन्ने कविको आग्रह छ। यस कविताले जीवनका शिखरत्व वा उचाइहरूको चर्चा गरेको छ।