or

75 Social -- नेपालको इतिहास

ask mattrab Visit www.askmattrab.com for more academic resources.

History of nepal

1)  तीनवटा समूहमा विभाजन भएको प्रत्येक समूहले गोपाल, महिषपाल किराँत वंश मध्ये एक ओटा शासन 

अवधिका बारेमा पुस्तक अन्य सन्दर्भ सामग्री,  इन्टरनेट प्रयोग गरी थप तथ्यहरू संकलन गर्नुहोस् I


गोपाल वंश - संस्कृत साहित्य जस्ता विभिन्न स्रोतहरूका आधारमा गोपालहरुको द्वापर युगमा भारतको मथुरा बाट आएको बताइएको प्रथम राजा भुक्तमान र अन्तिम राजा पशुपतिनाथको मन्दिर यसै समयमा निर्माण भएको उल्लेख गरिएको पाइने काठमाडौँ उपत्यकामा व्यवस्थित बसोबासको प्रारम्भ भएको 

महिषपाल वंश- महिषवंशी राजाहरु राजपुतहरु थिए भन्ने उल्लेख गरिएको, महिषपालहरूको राज्य पूर्वमा दुधकोशी पश्चिममा त्रिशुली गंगा र दक्षिणमा चित्लाङ उपत्यकासँग रहेको

किराँत वंश- महिषपाल वंशका अन्तिम राजा भुवनसिंहलाई पराजित गरी किरात शासन सुरु भएको 



2)  लिच्छविकालमा किन स्वर्णयुग भनिन्छ ?


लिच्छविकालमा प्रशासनिक, सामाजिक, सांस्कृतिक, आर्थिक कलाकौशल लगायतका क्षेत्रमा व्यापक प्रगति भएको थियो I राजनीतिक व्यवस्था जनताको निकट रहेर प्रजातान्त्रिक तवरले संचालन गरिएको थियो I राजाको सर्वोच्च स्थानका साथै ग्रामीण प्रशासन न्याय प्रशासन जस्ता व्यवस्था मार्फत जनतालाई सेवा प्रदान गरिएको थियो I तत्कालीन नेपाली समाज आर्थिक दृष्टिले समुन्नत र समृद्ध रहेको थियो I ज्याला,  मुद्रा र कलप्रणाली व्यवस्थित थियो I लिच्छविहरू हिन्दू भएर पनि बौद्धहरूप्रति सहिष्णु थिए I यो युग सर्वाङ्गीण विकासको लोकका रुपमा रहेको देखिन्छ I



3)  लिच्छविकालीन आर्थिक अवस्थाको चर्चा गर्दै हालका पुस्ताले त्यसबाट के के कुरा सिक्नु पर्दछ उल्लेख गर्नुहोस् I


लिच्छवीकालिन आर्थिक अवस्था निकै समुन्नत रहेको इतिहासबाट जानकारी पाउन सकिन्छ I काठमाडौ उपत्यका अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा चिरपरिचित थियो I कामदारका लागि ज्यालाको व्यवस्था मुद्राको विकास र करप्रणालीलाई व्यवस्थित गरी राज्यकोष वृद्धि गरिएको थियो I कृषि तथा पशुपालनमा मात्र सिमित किरातकालिन अर्थिक अवस्था यस समयमा भने कृषि पशुपालनका साथै व्यापार उद्योगमा पनि निकै अघि देखिएको थियो I


4) लिच्छविकालिन राजाहरु र तिनका कार्यहरु झल्कने तरिका तयार पारी प्रस्तुत गर्नुहोस् I


सुपुष्प देव- पशुपतिनाथको मन्दिरमा सुनको छाना हाल्न लगाएका थिए 

हरिदत्त बर्मा- काठमाडौँ उपत्यकाका चार नारायण स्थापना गरेको 

मानदेव- चाँगुनारायणमा गरुड स्तम्भ राखी शिलालेख स्थापना, विष्णु विक्रान्तको सुन्दर मूर्ति निर्माण, पूर्व र पश्चिमका साथ सामन्तलाई नियन्त्रण गरी बिशाल नेपाल राज्य कायम गरेका 


5) हाम्रो इतिहासलाई जीवन्त बनाए राख्न के गर्नुपर्छ I


विद्यालयको किताबहरूमा हाम्रा राजाहरूको बारे ज्ञान दिनु पर्नेहुन्छ I

विद्यार्थीहरुलाई राजाहरूको योगदानहरुको बारेमा चर्चा प्रशासन गर्नुपर्ने हुन्छ I

हाम्रो इतिहासको कला र कृतिलाई जोगाउनुपर्ने हुन्छ I


Discussions

Close Open App